काठमाडौं- नेपाल नर्सिङ काउन्सिलले २७औं नाम दर्ता परीक्षासम्बन्धी सामाजिक संजालमा भाम्रक सूचना आइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
काउन्सिलले सूचना जारी गर्दै काउन्सिलले कोरोना महामारी र निषेधाज्ञाको समयावधिलाई समेत मध्यनजर गरी असार २३ गते तय गरिएको नाम दर्ता परीक्षा लिन नसक्ने सूचना जारी गरिसकेको छ।
निर्धारित समयमा परीक्षा हुन नसक्ने सूचना जारी गरिसकेको भएपनि विभिन्न सामाजिक संजालमा नाम दर्ता परीक्षाको फारम वितरणको तालिका सहितको भाम्रक सूचना आइरहेको भन्दै ती भाम्रक सूचनालाई आधारिक नमान्न अनुरोध गरेको छ।
काउन्सिलको आधारिक वेवसाइटमा राखिएको सूचनालाई मात्र आधिकारीक मान्न समेत नेपाल नर्सिङ काउन्सिलले सम्बन्धित सबैलाई अनुरोध गरेको छ।