– दाह्री काट्दा चिसो पानी प्रयोग गर्नाले दाह्री राम्रोसँग काटिँदैन र छालामा बढी दबाब पर्छ।
– रेजरलाई जोडसँग थिचेर दाह्री काट्नाले छाला काटिने, छाला कालो हुनेलगायत समस्या उत्पन्न हुन्छ।
– गालामा साबुन दलेर कपाल काट्ने गर्नाले दाह्री राम्रोसँग नकाटिने, छाला क्रमशः बिग्रिदै जाने गर्छ। त्यही भएकाले सेभिङ क्रिम नै लगाउनुपर्छ।
– हरेकपटक रेजर चलाउनासाथ यसलाई पानीमा चोपल्नु हुँदैन। यसो गर्दा छालालाई हानि पुग्छ।
– ठूलै अवसरमा बाहेक उल्टो रेजर चलाउनु हुँदैन।
– दाह्री काटेपछि सेभिङ क्रिम पखालेरमात्र पुग्दैन, आफ्टर सेव लोसन अनिवार्य लगाउनुपर्छ। सकिन्छ भने अन्य म्वाइस्चराइजर लगाउँदा अझ राम्रो हुन्छ।