काठमाडौं - नेपाल मेडिकल काउन्सिलले विशेषज्ञ चिकित्सकका लागि लिएको विशेष परीक्षामा (लाइसेन्स) ७० दशमलब ९२ प्रतिशत उत्तीर्ण भएका छन्।
आज भएको परीक्षामा ४८० विशेषज्ञ चिकित्सकमध्ये ४७८ जना सहभागी थिए। जसमध्ये ३३९ जना चिकित्सक उत्तीर्ण भएका हुन्। १३० जना फेल भएका छन्।
नेपाल मेडिकल काउन्सिलका अनुसार ९ जना चिकित्सकको नतीजा रोकिएको छ।