काठमाडौं– स्वास्थ्य खबरपत्रिका हेल्थ अवार्ड २०७३ मा लाइफटाइम अचिभेन्ट अवार्ड डा टीकामान वैद्यलाई दिइएको छ । बिहीबार एक भव्य समारोहमा स्वास्थ्य मन्त्री गगन थापाले उक्त अवार्ड डा वेद्यलाई प्रदान गरेका छन् ।
सामान्य ज्ञानका पुस्तकमा एउटा प्रश्न हुन्थ्यो– आफ्नो भ्यासेक्टोमी आफैं गर्ने डाक्टर को हुन् ? जवाफ थियो– डा. टीकामान वैद्य । भ्यासेक्टोमी अर्थात् पुरुषको स्थायी बन्ध्याकरण । ती डाक्टरले आफैंलाई कसरी अपरेशन गरे होलान् ? कस्तो अनुभव गरे होलान् ? कस्ता होलान् ती डाक्टर ?
निकै पहिलादेखि नै अधिकांश मानिसका लागि मिथकजस्तै बनेका डा. टीकामान वैद्यसंग भेट भयो स्वास्थ्य खबरपत्रिकाका लागि आत्मवृत्तान्त लिने क्रममा । हजारौं मानिसको भ्यासेक्टोमी गरेका वैद्यले आफ्नै अपरेशन कसरी गरे होलान् भन्ने उत्सुकता मेटाउन त्यही सन्दर्भ उप्काइयो ।
सन् १९७१ पछि उनले नेपाल परिवार नियोजन संघमा निर्देशकको जिम्मेवारी सम्हालिरहेका थिए । दुई छोरा र एक छोरीमा कान्छो छोरा भर्खर तीन महिना पुग्दै थिए । अब सन्तानको रहर पुग्यो भन्ने लागिरहेको थियो वैद्य दम्पत्तीलाई । ‘म अरुलाई दुःख दिएर अपरेशन गर्छु, आफैंलाई कस्तो दुख्दो रहेछ’ भन्ने अनुभव लिन पनि मन लागेको थियो उनीलाई ।
केही नर्सको सहयोगमा उनले अपरेशन गरे । त्यसक्रममॉअलिअलि’ दुखेको अनुभव गरे । तर यो घटनाले भने उनलाई झन् चर्चित बनायो । सन्चार माध्यमहरूले उनका अन्तर्वार्ता प्रसारण÷प्रकाशन गरे । पहिलोपटक नेपालमा भएको भनेर आइपीपीएफका मेडिकल निर्देशकसहितको टोली नै आयो, आफ्नो जर्नलमा अन्तर्वार्ता छाप्न । त्यतिबेला आफ्नो भ्यासेक्टोमी आफैं गर्ने डाक्टर विश्वभरमै जम्मा ५ जना थिए । उनलाई भेट्दै नभेटेकाहरूले पनि यही प्रश्नको जवाफबाट उनलाई चिने– ‘आफ्नो भ्यासेक्टोमी आफैं गर्ने नेपालका पहिला डाक्टर’ ।
०००००
थर वैद्य थियो । वैद्यले बिरामीको उपचार गर्छ भन्ने थाहा पाएका उनीमा सानैदेखि डाक्टर बनेर बिरामीको सेवा गर्नुपर्छ भन्ने विचारले डेरा जमायो । यद्यपि परिवारमा अरु कोही पनि डाक्टर थिएनन्, न त छिमेकमा नै । पिताजी अरु नै नोकरीमा हुनुहुन्थ्यो । डाक्टर नै बन्छु भन्ने असीम इच्छाले उनलाई काठमाडौंसम्म डो¥यायो । आएर उनले कोलम्बो प्लानमा आवेदन दिए । तर उनको नाम निस्कियो, इन्जिनियरिङमा । भारतको लुधियानाको एउटा शैक्षिक संस्थामा नाम निस्किएको थियो । तर डाक्टर नै बन्छु भनेर कम्मर कसेर लागेका उनलाई त्यो मन परेन र आफ्नो कोटा अरु नै साथीलाई दिए । त्यसपछि काठमाडौंबाट फर्केर भारतको मधुवनी पुगे । त्यहाँ आइएमा नाम लेखाए । तर आइएमा एक दिनमात्रै पढे । त्यसको साटो एक वर्ष त्यही बसेर पढाए र पुनः काठमाडौं नै फर्किए ।
एसएलसीमा ऐच्छिक विषय संस्कृत लिएका थिए । डाक्टर बन्न पढ्नुपर्ने विषय उनले पढेकै थिएनन् । सेनथरका प्रिन्सीपल थिए त्रिचन्द्रमा । उनले सोधे,‘तिम्रो म्याथ, फिजिक्स केही पनि छैन, कसरी पढ्छौ त?’ तर उनले आत्मविश्वासका साथ जवाफ दिए, ‘केही अप्ठेरो पर्दैन, म सकिहाल्छु नि सर ।’ नसके आइएमा जाने शर्तमा प्रिन्सीपलले तीन महिनाका लागि भर्ना लिए । उनले निकै मिहिनेत गरेर पढे र राम्रो नम्बर ल्याएर आइएस्सी सेकेण्ड डिभिजनमा पास भए । त्यसपछि सन् १९५५ मा एमबीबीएस पढ्न नागपुर विश्वविद्यालय गए ।
केही सन्दर्भ -
१. एकपटक जनसंख्याको कार्यक्रम थियो । कुनै मन्त्रालयका सचिव रहेका सूर्यनाथ उपाध्याय कार्यक्रमका प्रमुख अतिथि भएर आएका थिए । डा. वैद्य रोटरीको टास्कफोर्समा थिए । कार्यक्रमअघिचिया खाने क्रममा दुवैजनाबीच अनौपचारिक कुराकानी भयो । उपाध्यायले सोधे, ‘डाक्टरसाब मलाई चिन्नुहुन्छ ?’ सचिवको नाताले उनले उपाध्यायलाई नचिन्ने कुरै थिएन । अनि भने, ‘किन नचिन्नु नि सचिवज्युलाई ।’ उपाध्यायले फेरि सोधेछन्, ‘हामीबीच कहिल्यै भेट भएको छैन ?’ डा. वैद्यले सम्झन कोशिश गरे सकेनन् । अनि उपाध्यायले आफैं रहस्य फुकाए– ल, मेरो अपरेशन (भ्यासेक्टोमी)तपाईंले नै गरेको होइन ?’
०००
२. एकजना अमेरिकी पिसकोर स्वयंसेवक तराईका जिल्लामा कार्यरत रहेछन् । उनी महोत्तरीमा स्थायी बन्ध्याकरण शिविर लिएर पुग्दा ती स्वयंसेवक पनि सेवा लिन आए । अपरेशन गर्नुअघि भरिने जानकारीमा उसले आफ्नो बिहे भएको र एक बच्चा पनि भएको लेखायो । तर पछि उसले आफ्नो बिहे नभएको रहस्य खोल्यो । यस्तै, सिन्धुपाल्चोकमा पनि जोन कार भन्ने एक बेलायती कार्यरत थिए । लण्डनबाट फर्केरसमेत ती बेलायतीले उनीसंग अपरेशन गराए ।
०००
३. प्रख्यात समाजशास्त्री हर्क गुरुङले तराईमा जनसंख्या बढेको प्रतिवेदन दिएका थिए । त्यसमध्ये सर्लाहीमा ८ प्रतिशत बढेको पाइएको थियो ।भएको के रहेछ भने जंगल फाँड्दा बिहारतिरका मान्छे आएर बस्दारहेछन् र जनसंख्या बढेको देखिदोरहेछ । यो सुनेर उनको राष्ट्रियताको भावना जागेर आयो । अनि त्यही ठाउँमा अपरेशन क्याम्पलिएर जानुप¥यो भनेर सोचे । हरेक महिना गरी तीन वर्ष त्यहाँ गएर ६ हजार जनाको अपेशन गरे ।
०००
४. एकपटक म्याग्दीमा क्याम्प लिएर पुगेका थिए । त्यहाँ एउटा परिवार आफ्नी छोरीलाई लिएर आयो । युवतीका बाबुआमाले भने, ‘मेरो ज्वाईंले अर्को बिहे गर्छु भन्छन्, छोरीलाई के भएको रहेछ हेरिदिनुप¥यो ।’ ती महिलाको यौनांगझिल्लीले छोपेका कारण यौन संसर्ग नसक्ने अवस्थामा रहिछन् । उनले अपरेशनगरे । पछि खबर आयो– उनी ठीकै छिन्, सन्तान सुख भोगिरहेकी छन् ।
एमबीबीएस पढेपछि के गर्ने भन्ने अन्यौल थियो । साथीहरूले ‘एफआइसिएस’ को जाँच दियो भने अमेरिका जान पाइन्छ भन्ने सल्लाह दिए । त्यसअनुसार बम्बईमा गएर जाँच दिएर पास भएपनि । तर अमेरिका गयो भने फर्कन पाइन्छ कि पाइदैंन भन्ने लागेर उनी गएनन् । त्यसपछि १९६३ मा बम्बईमै युनिभर्सिटी अफ बम्बईमा एमएसमा भर्ना भए । एमएस पढ्दा बम्बईका टाटा मेमोरियल, जेजेजस्ता राम्रा अस्पतालमा काम गर्ने क्रममा राम्रा डाक्टरहरूसंग सिक्ने अवसर पाए । प्रख्यात क्यान्डी क्रस अस्पतालमा ३ वर्ष काम गरे । १९६१ मा बम्बई पुगेका उनले त्यही ११ वर्ष बिताए । त्यो एक दशक कसरी बित्यो उनले पत्तै पाएनन् । त्यसक्रममा कांग्रेस नेता बीपी कोइरालाको पनि उपचार गरे । कोइरालासंग उनको राम्रो पारिवारिक हेलमेल भयो । बीपीका छोराहरू प्रकाश र श्रीहर्षको पनि उनैले अभिभावकत्व लिए । बेलाबेलामा बम्बई आउदा बीपीले उनलाई भन्थे, ‘नेपालमै आएर सेवा गर्नु ।’ यो आग्रह र एमएसको पढाई पनि पूरा नभएकाले उनलाई बम्बईमै बसिरहन मन लागेन । त्यो भीडमा बस्नुभन्दा नेपालमै फर्कनु राम्रो भनेर उनले १९७१ मा नेपाल फर्कने निर्णय लिए । बम्बईमा नै उनले बिहे गरिसकेका थिए । ताजमहल होटलमा भएको बिहेमा भारतका उच्च नेताहरूपनि आएका थिए ।
नेपाल फर्किपछि कहाँ जागिर खाने भन्ने अन्यौल भयो । त्यतिखेर डिल्लीबजारमा नेपाल परिवार नियोजन संघको क्लिनिक थियो । पिताम्बर झा त्यसका डाक्टर थिए । त्यही काम थाले ।सरकारी जागिरमा जान पनि इच्छा लाग्यो उनलाई । भरतराज वैद्य स्वास्थ्य विभागमा महानिर्देशक थिए । उनले अन्तर्वार्तामा जेलको डाक्टर भएर जान आग्रह गरे । तर त्यहाँ जान उनको मनले मानेन । त्यसको सट्टा उनलाई त्रिचन्द्र कलेजको क्लिनिकमा पठाइयो । त्यहाँ ५वर्ष काम गरे । यता परिवार नियोजन संघमा पनि काम गरिरहेकै थिए । संघमा अध्यक्ष थिइन्, अधिजकुमारी प्रेक्षा । एकदिन प्रेक्षाले भनिन्, ‘दुई नाऊमा खुट्टा हाल्नु हुँदैंन डाक्टर, या त तिमी सरकारी जागिरमा जाउ, या परिवार नियोजनमै बस ।’
लगत्तै उनले सरकारी जागिरबाट राजीनामा दिए र परिवार नियोजन संघमै पूर्णकालिन भएर काम गर्न थाले । १९७१ मा संघमा पसेका उनले १९८७ सम्म १६ वर्ष काम गरे । कालान्तरमा त्यही निर्देशक भए । निर्देशक भएकै बेला हो उनले आफ्नो भ्यासेक्टोमी आफैं गरेका ।
००००
बम्बईमा ११ वर्ष काम गर्दा उनको संगत त्यहाँका विख्यात डाक्टर र सर्जनसंग भयो । त्यसबाट उनले आफ्नो चिकित्सकीय सीपलाई अब्बल बनाइसकेका थिए । सिद्धहस्त बनिसकेका थिए उनी अपरेशनमा । त्यही सीप परिवार नियोजन संघमा काम गर्दा काम लाग्यो । भ्यासेक्टोमी अर्थात् पुरुष बन्ध्याकरणमा उनी चर्चित भए । अहिले उनी ८२ वर्षको उमेरमा हिडिरहेका छन् । दुई वर्षअघि अर्थात् ८० वर्षको उमेरसम्म उनी अपरेशनमै सक्रिय थिए । तर बुढ्यौली लागेपछि र शरीरले साथ दिन छाडेपछि अपरेशनमा प्रत्यक्ष संलग्न हुन छाडे । यो करिब ५ दशकको अवधिमा उनले महिला–पुरुष गरी ३० हजारभन्दा बढी मानिसको भ्यासेक्टोमी तथा ल्याप्रोस्कोपी गरे । देशका विभिन्न ठाउँमा बन्ध्याकरण क्याम्प लिएर पुगे ।
तराईका जिल्लादेखि हिमालका दुर्गम भेगसम्म पुगे । गाउँ गाउँ पुगेर स्थायी बन्ध्याकरणबारे सचेतना फैलाए । सबैभन्दा ठूलो कुरा त भ्यासेक्टोमी गरे कमजोर होइन्छ भनेर जनमानसमा फैलिएको भ्रम चिर्न सफल भए । तर यसका लागि उनले ठूलै कसरत गर्नुप¥यो । यही भएर उनी स्थायी बन्ध्याकरणका लागि नेपालका ‘पायोनियर’ डाक्टर मानिन्छन् । यही क्षमताको कदर गर्दै उनलाई पहिलो जनसंख्या अवार्डबाट सरकारले सम्मान ग¥यो । त्यसबाहेक उनले अन्य थुपैै सम्मान पाएका छन् । दुई वर्ष अघि मन्त्रालयले परिवार नियोजनमा योगदान पु¥याउने ४ जनालाई अवार्ड दिएको थियो । जसमा उनीसहित रिता थापा, कान्ति गिरी र बोधराज पाण्डे थिए । रोटरीको पनि उनले उच्च सम्मान पाएका छन् । परिवार नियोजनप्रति जागरुकता सिर्जना गर्न उनको ठूलो योगदान छ । यही भएर यसका प्रबद्र्धनसम्बन्धी सरकारी समितिहरूमा पनि उनी नै रोजाईमा पर्थे । उनी अन्तर्राष्ट्रिय आपीपीएफ लण्डन तथा वल्र्ड फेडेरेशन कमिटिमा पनि संलग्न भए । यसका साथै दक्षिण कोेरिया, ब्राजिलमा भएका युएन सम्मेलनमा पनि सहभागी भए । मास्टर ट्रेनर भएर ३, ४ सय डाक्टरहरूलाई तालिम दिए । यतिसम्मकि उनीसंग तालिम लिन छिमेकी भारत तथा तेस्रो मुलुकका डाक्टरहरूसम्म आउथे । चक्कु नचलाई गरिने नयाँ विधिको अपरेशनका बारेमा पनि उनले तालिम दिए । पहिले सरकारको नीति नभएकाले सन् १९९१ मा उनकै पहलमा नेशनल मेडिकल स्टान्डर्ड पनि सुरु भयो । यसअघि सन् १९७९ मै उनले अमेरिकी सहयोग नियोग (युएसएआइडी) को सहयोगमा अमेरिकाबाट एमपिएच गरे ।
भ्यासेक्टोमीमात्रै नभई ‘रिक्यानलाइजेशन’ मा पनि उनको योगदान छ । उनका अनुसार रिक्यानलाइजेशनको सफलता दर ५० प्रतिशत छ । यसको अर्थ विभिन्न कारणले पुनः सन्तानको चाहना भएमा नशा पुनः जोड्न अपरेशन गर्नु हो ।
किन चर्चा हुँदैंन बन्ध्याकरणको ?
सन् १९७६ मा डा.कान्ति गिरीले ल्याप्रोस्कोपी सुरु गरिन् । पछि यो नेपालका लागि उपयुक्त छैन भनेर मिनील्याप सुरु भयो । त्यसका लागि उनले फिलिपिन्समा गएर तालिम लिएर आए । अमेरिकाबाट फर्केपछि उनले मिनील्यापलाई प्रबद्र्धन गरे । मिनील्यापको अपरेशन बढी चलेपछि पुरुषले भ्यासेक्टोमी गर्ने क्रम बिस्तारै कम हुँदैं गएको उनको अनुभव छ । आजकाल पुरुषले गर्नेभन्दा महिलाले गर्ने बन्ध्याकरण बढी हुने गर्छ । आजकाल पहिलेजस्तो स्थायी बन्ध्याकरणको त्यति चर्चा हुँदैंन । किन त ? उनी भन्छन्, ‘पहिला यसलाई हौवाजस्तो मानियो, प्रचारप्रसाार पनि बढी भयो । तर आजकाल यो कार्य बढी रुटिनजस्तो भयो, मान्छेले आफ्नै हिसाबले अपरेशन गर्न थाले ।’
रोटरीमा डिस्ट्रिक्ट गभर्नरसम्म
कुबेरप्रसाद शर्मा बम्बई पढ्दा ताकाकै साथी थिए उनका । शर्मा रोटरीका सचिव थिए । १९९५ तिर शर्माले परिवार नियोजनका बारेमा बोल्न उनलाई बोलाए । त्यहीबाट रोटरीको बारेमा जान्ने मौका पाए । त्यहीबेलातिर पाटन रोटरी क्लबका प्रेसिडेन्ट प्रदीपमान शाक्य, कमलमणि दीक्षितकै आग्रहमा रोटरी क्लब अफ पाटन वेस्टको जिम्मेवारी लिए उनले । त्यो नेपालको ११ औं रोटरी क्लब थियो । त्यसपछि नेपालको आफ्नै डिस्ट्रिक्ट हुनुपर्छ भन्ने आवाज उठ्यो । सोल्टी होटलमा भएको बैठकमा आएका रोटरी इन्टरनेशनलका प्रेसिडेन्ट मिस्टर ब्राउनले २५ वटा क्लब र ५ सय सदस्य बनाए नेपाललाई डिस्ट्रिक्टको मान्यता दिन्छु भनेर आश्वासन दिए । पछि ६० वटा क्लब भएपछि सन् २००८ मा नेपालले डिस्ट्रिक्टको मान्यता पायो । त्यसपछिको पहिलो बैठक आर्मी अफिसर्स क्लबमा भयो । रोटरीमा कार्यरत रहँदैं जाँदा उनी डिस्ट्रिक्ट गभर्नर (कार्यकाल २००८–२००९) पनि भए ।
चर्खा गुठीमा संलग्नता
मातृकाप्रसाद कोइरालाको अध्यक्षतामा रहेको चर्खा प्रचारक गुठीमार्फत् पनि उनी विभिन्न सामाजिक काममा संलग्न भए । यद्यपि यो गुठीका क्रियाकलापले बाहिर त्यति चर्चा पाउँदैंनन् । तराईका जिल्लामा यसको क्रियाकलाप बढी छ । उनी यसका मुख्य गुठियार थिए । यो पद जीवनपर्यन्त हुने प्रावधान थियो । तर पछि राजीनामा दिए । नेपाल–भारत मैत्री समाजमा पनि उनी संलग्न भए । त्यसको कार्यकारी समितिमा अझै पनि संलग्न छन् ।
फर्टिलिटी केयर सेन्टर सुरु
सन् १९८७ मा नेपाल परिवार नियोजन संघबाट राजीनामा दिएपछि उनी विश्व स्वास्थ्य संगठनको कन्सल्टेन्ट भएर बंगलादेश गए । एक वर्षको कार्यकाल सकिएपछि तीन वर्षको अफर आएको थियो । तर उनलाई त्यहाँ बस्न मन लागेन । तलब पनि ५ हजार डलरभन्दा बढी थियो । तर त्यसलाई त्यागेर उनी नेपाल फर्किए । यो जीवनकै सबैभन्दा ठूलो निर्णय ठान्छन् उनी । स्वदेश फर्किएपछि उनले नेपाल फर्टिलिटी केयर सेन्टर खोले । सुरुमा उच्च वर्गका मानिसलाई केन्द्रित गर्दै सेवा सुरु गरे । परिवार नियोजन तथा बन्ध्याकरणको सेवा निःशुल्क गर्दा पनि सेवा लिन नआउने जमाना थियो त्यो । मानिसहरू उनको काम देखेर हाँस्थे पनि । यस्तो पनि चल्छ भनेर प्रश्न गर्थे । तर सेन्टर राम्रोसंग चल्यो । ३ कर्मचारीबाट सुरुभएको सेन्टर ७५ कर्मचारीसम्म भयो । कार्यालय विस्तार भयो । १२ जना डाक्टर, नर्स थिए । तर परिवार नियोजनको फन्डिङ कम हुँदैं गएपछि यसको आकार खुम्चन थाल्यो । दुई वर्षअघिसम्म उनी पनि सेन्टरमा अपरेशनमा संलग्न हुन्थे । तर बुढ्यौलीले छुँदंै गएपछि र अपरेशन गरेपछि टाउको दुख्ने भएपछि उनले अपरेशन गर्न छाडे । यद्यपि उनको यो संस्था अझै पनि चलिरहेकै छ ।