काठमाडौं- आज देशभर ६९औं कुष्ठरोग दिवस मनाइँदै छ। कुष्ठरोग मानिसको छाला र नशामा प्रभाव पार्ने एक सरुवा रोग हो। समयमै उपचार गरेमा कुष्ठरोग पूर्ण रुपमा निको हुन्छ। अपांगता हुँदैन।
नेपालमा कुष्ठरोग निवारण भएको घोषणा गरिएको एक दशक बढी भइसकेको छ, तर अझै पनि कुष्ठरोगको नयाँ बिरामी फेला परिरहेका छन्। यो ठूलो चुनौती हो।
कुनै समय नेपालमा कुष्ठरोगका धेरै बिरामीहरु थिए। कुष्ठरोगका विषयमा धेरै भ्रम समेत व्याप्त थियो।
कुष्ठरोगका विषयमा भ्रम चिर्न र समयमा उपचार गरे निको हुन्छ भन्ने सन्देश दिन हास्यकलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले टेलिफिल्म नै बनाएका थिए।
उक्त टेलिफिल्ममा कुष्ठरोगका विषयमा रहेका भ्रम हटाउने र उपचार गरे पूर्ण रुपमा निको हुन्छ भन्ने बलियो सन्देश छ।
युट्युबमा हेरौं टेलिफिल्म ओहो