बलिउडका चर्चित अभिनेता अनिल कपुरले ६५ वर्षको उमेरमा पनि आफूलाई फिट राखेका छन्। ४० वर्षभन्दा बढी समयदेखि चलचित्र क्षेत्रमा सक्रिय उनी फिट हुन के गर्छन् भन्ने विषयमा उनको व्यायामदेखि लिएर दिनचर्याको बारेमा चर्चा गर्ने छौँ।
अनिल कपुर हरेक दिन दुईदेखि तीन घण्टा जिममा बिताउँछन्। उनी सधैँ आफ्नो कसरत परिवर्तन गरिरहन्छन्। उनले आफ्नो व्यायाममा साइकल चलाउनेदेखि जगिङ, बिहानको पैदल यात्रा र कार्डियो पनि गर्ने गरेका छन्।
यसबाहेक उनी जिममा क्रन्च, सिट-अप, फ्री वेट, चेयर स्क्वाट्स, पुशअप र योगा पनि गर्छन्।
अनिल कपुरले यो उमेरमा गर्ने कसरत देखेर अन्य कलाकारहरू पनि छक्क पर्छन्।
एक अन्तर्वार्तामा आफ्नो वर्कआउटको बारेमा कुरा गर्दै अनिल कपूरले भनेका थिए कि, ‘म हरेक दिन आफ्नो वर्क आउट बदलिरहन्छु। मेरो दिन बिहान ६ बजे सुरु हुन्छ। पहिले म १० मिनेट कार्डियो गर्छु। त्यसपछि म हप्तामा कम्तीमा तीन दिन जिममा कसरत गर्छु र केही दिन जगिङ, मर्निङ वाक र दौड गर्छु। हरेक दिन, म मेरो शरीरको विभिन्न भागहरूमा काम गर्छु।’
अनिल कपूर नियमित र अनुशासित जीवनशैली मन पराउँछन्। धूम्रपान होस् या रक्सी, उनले आफूलाई सबैबाट टाढै राखेका छन्। उनी सकारात्मक रहन र तनावबाट टाढा रहन मन पराउँछन्। अनिल कपुर आफ्नो खानपानमा निकै ध्यान दिन्छन्।
उनले आफ्नो खानेकुरामा चिनी र जङ्क फुड खाँदैनन् र सकेसम्म धेरै दुग्धजन्य पदार्थको प्रयोग गर्छन्।
उनी खाली पेटमा प्रशस्त पानी पिउने गर्छन् र त्यसपछि बन्दाकोबी, सलाद र अण्डाबाट बनेको स्यान्डवीच खान्छन्। कहिलेकाहीँ ब्रेकफास्टमा स्यान्डवीचको सट्टा ओट्स पनि खान्छन्।
उनले चिया र कफीको सट्टा स्ट्रबेरी मिल्कशेक वा स्याउको जुस पिउने गर्छन्।
उनको ब्रेकफास्टमा ब्रोकाउली कहिले पनि छुट्दैनन्।
बेलुकाको खानामा उनी ससेजहरूसँग सलाद खान मन पराउँछन्।
यसबाहेक उनले आफ्नो डाइटमा उमालेको दाल र ब्राउन राइस पनि राखेका छन्।
एक अन्तर्वार्तामा अनिल कपूरले आफ्नो डाइट चार्टको बारेमा खुलासा गर्दै भनेका थिए, ‘म बिहान ६ बजे उठ्छु र पहिले केरा खान्छु। यसले मलाई पोटासियम र फलामको साथ कार्बोहाइड्रेट दिन्छ। दिनमा पाँच–छ पटक खान्छु। यसको मतलब म हरेक साढे दुई घण्टामा केही खान्छु। मैले खाने हरेक खानामा क्यालोरीहरू गणना गर्छु।’
आफ्नो खानपिन र र दिनचर्या पालना गर्नुका साथै अनिल कपूर तनावमुक्त र अनुशासित जीवन बिताउनमा विश्वास गर्छन् र यही नै उनको फिटनेस र युवा लुकको रहस्य हो।
(नवभारत टाइम्सबाट)