बलिउडका चर्चित अभिनेता अक्षय कुमार एक कलाकार मात्रै होइनन् फिटनेस आइकन पनि हुन्। उनी आफ्नो स्वास्थ्य, जीवनशैली र खानपानमा निकै ख्याल गर्छन्। सामान्य मानिस मात्र होइन बलिउड सेलिब्रेटीहरु पनि अक्षय कुमारको फिटनेसबाट प्रेरित छन्।
५५ वर्षको उमेरमा यति धेरै सक्रिय र फिट हुन अक्षयले केके गर्छन् भन्ने जानौं:
अक्षय हरेक दिन बिहान ४:३० बजे उठ्छन्। उनले आफ्नो दिनको सुरुवात कसरतबाट गर्छन्। उसको बिहानको कसरतमा स्विमिङ, योग, जिमिङ, मेडिटेसन लगायतका विभिन्न अभ्यासहरू समावेश छन्।तेक्वान्दोमा ब्ल्याक बेल्ट अक्षय मार्सल आर्ट विज्ञ हुन्। उसले आफ्नो दैनिकीमा मार्सल आर्ट पनि गर्ने गरेका छन्।
अक्षयले सन् २०२०देखि शाकाहारी खाना खाइरहेका छन्। उनी कहिल्यै कुनै डाइट प्लान पालना गर्दैनन्। उनी परम्परागत भारतीय खाना रुचाउँछन्। अक्षयले धेरै अन्तरवार्तामा आफूले सबै खानेकुरा सही मात्रामा र सही समयमा मिलाएर खाने गरेको बताएका छन्।
उनी मदिरा, सिगरेट र क्याफिन जस्ता चीजहरू कहिल्यै खाँदैनन्। उनी हरेक दिन साढे ७ बजे रातिको खाना खान्छन् र ९ बजेसम्म ओछ्यानमा पुग्छन्।
अक्षय मान्छन् कि फिट र स्वस्थ रहन महँगो मेसिन वा हाई-फाई डाइट प्लानको आवश्यकता पर्दैन। यदि तपाईँले अनुशासित भएर आफ्नो जीवनशैली कायम राख्नुभयो भने, तपाईँ भित्र र बाहिर दुवै फिट रहन सक्नुहुन्छ।
(एजेन्सीहरूको सहयोगमा)