दर्जनौँ हिट चलचित्रमा अभिनय गरिसकेकी बलिउड नायिका कट्रिना कैफलाई कुनै परिचयको आवश्यकता छैन। उमेरले ३९ वर्षकी कैफ निकै फिट र आकर्षक देखिन्छिन्। कट्रिना फिट हुनलाई के खान्छिन् र के गर्छिन्?
कट्रिना मान्छिन् कि फिटनेसमा खानाले धेरै महत्त्वपूर्ण भूमिका खेल्छ। उनी पोषणविद् यास्मिन कराचीवालाको डाइट प्लान फलो गर्छिन्।
उनको आहारमा प्रोटिन, कार्बोहाइड्रेट, फाइबर र फ्याट भएका खानेकुरा समावेश छ। उनी दिनभर बेलाबेलामा मिलाएर खानेकुरा खाई रहन्छिन्।
उनी बिहान उठ्ने बित्तिकै पानी पिउँछिन्। बिहान व्यायाम गर्नुभन्दा अगाडिसम्ममा उनले चार गिलास पानी पिइसकेको हुन्छिन्। ब्रेकफास्टमा उनले ओटमिल, एक गिलास ताजा अनारको जुस र अन्डाको सेतो भाग खान्छिन्। खानामा उनी तरकारी र फलफूलसँग उमालेको राईस खाने गर्छिन्। खाना सँगै उनी हरियो सलाद खान्छिन्।
वैकल्पिक रूपमा उनी कहिलेकाहीँ अलिकति ग्रिल गरेको माछा र ब्राउन ब्रेड पनि खान्छिन्।
साँझको खाजामा उनी पिनट बटर वा नियमित स्यान्डविचसँग केही ब्राउन ब्रेड खान्छिन्।
साँझको खानामा उनी तेल नहाली पकाएको तरकारी खान्छिन्। उनले तरकारी सँगै सुप, सलाद र कहिलेकाहीँ अण्डाको सेतो भाग पनि खाने गरेकी छन्।
उनी हरेक दिन बिहान 'वाक'को लागि बाहिर निस्किन्छिन्। यसले उनको शरीरलाई सक्रिय राख्छ।
उनी हप्तामा तीन पटक मात्रै जिम जान्छिन्, जहाँ उनी धेरै कोर र एबीएस एक्सरसाइजमा संलग्न हुन्छिन्, जसमा आइसो-प्ल्याङ्किङ, दौड, साइकल चलाउने समावेश छ।
कट्रिनालाई पौडी खेल्न मन पर्छ। जसले उनको मांसपेशीहरू बलियो बनाउन र फिट राख्न मद्दत गर्दछ।
उनी योग र ध्यान पनि गर्छिन् किनभने योगले उनलाई मानसिक शान्ति प्राप्त गर्न मद्दत गर्छ।
कट्रिना सकेसम्म बेलाबेलामा खाने कुरा खाई रहन र व्यायाम गर्न सल्लाह दिन्छिन्।