काठमाडौं- बलिउड स्टार अमिताभ बच्चन ७९ वर्षको उमेरमा पनि पूर्ण रूपमा फिट देखिन्छन्। ठूलो पर्दामा मात्रै होइन, सानो पर्दामा समेत उनी आफ्नो जादु छर्न सफल मानिएका छन्। अक्सर मानिसहरु यो उमेरमा आराम गर्छन्। तर अमिताभ बच्चन दिनमा १६ घण्टा काम गर्छन्।
यसरी रहन्छन अमिताभ फिटनेस:
मिठाई र चिया–कफीबाट टाढा
आफूलाई फिट राख्न अमिताभ बच्चन आफ्नो डाइटमा विशेष ध्यान दिन्छन्। रिपोर्टका अनुसार उनी मिठाई खाँदैनन्। उनले मिठाई, केक लगायतबाट आफूलाई टाढा राखेका छन्। मांसाहारी पनि त्यागेर उनी अहिले शाकाहारी खाना लिन्छन्। उनी चिया–कफी पनि पिउँदैनन्। एक समय थियो जब उनी कफी पिउन मनपराउथे, तर केही वर्ष पहिले उनले त्यो बानी पनि छोडे।
चुरोट र रक्सी नछुने
बच्चन फिल्म अभिनयमा चुरोट र रक्सीको साथ धेरै पटक देखिएका छन्। तर वास्तविक जीवनमा भने उनी यसबाट टाढै छन्। कुनै समय उनी रक्सी र चुरोट पिउने गर्थे। तर स्वास्थ्य बिग्रिएपछि उनले यसबाट दुरी बनाए। मदिरा र चुरोटबाट टाढा रहेको कारण पनि उनलाई फिट रहन सहज भएको हो।
कसरत र आहार
बच्चन दैनिक व्यायाम गर्छन्। बिहानको पैदल यात्रा र योग उनको दैनिक दिनचर्यामा पर्छ। यसका साथै मनलाई शान्त राख्न ध्यानको सहारा लिन्छिन्। नियमित कसरत गर्नु र दिनचर्या पालन गर्नु नै उनको फिटनेसको रहस्य हो। यसको अलवा उनी आफ्नो डाइट प्लानको पनि पूरा ख्याल राख्छन्। उनी दैनिक तुलसीको पात, प्रोटिनयुक्त खाना, नरिवलको पानी र अमलाको जुस पिउने गर्छन्। उनी दिनमा खजुर, केरा र धेरै पानी समेत पिउँछन्। एजेन्सी