व्यस्त जीवनशैलीका कारण पछिल्लो समय धेरै मानिसहरु तनावमा नै हुन्छन्। तनावले स्वास्थ्यमा धेरै समस्या निम्त्याउन सक्छ। त्यसकारण तनावबाट मुक्त हुनु आवश्यक छ। तनावबाट छुटकारा पाउन मुख्यतया वृक्षासन र ताडासन गर्न सकिन्छ। वृक्षको जस्तो माथि फैलिएर स्थिर रहने भएकाले यो आसनालाई वृक्षासन भनिन्छ। यो सन्तुलन कायम गर्ने आसनको वर्गमा पर्छ।
यस्तै, ताडासन एक योग अभ्यास हो जसले मांसपेशिहरुमा मात्र नभई सूक्ष्मातिसूक्ष्म मांसपेशीहरूमा पनि लचिलोपन निर्माण गर्दछ। र यस आसनले शरीरलाई हल्का र आरामदायी बनाउँछ।
वृक्षासन गर्ने विधि
दुवै खुट्टा जोडेर हातलाई शरीरको दायाँ बायाँ राखी उभिनुहोस्।
अब उभिएकै अवस्थामा जिउलाई एउटा मात्र खुट्टा (दाहिने गोडा) ले टेकेर राम्ररी सन्तुलनमा राखी दुवै हातको सहयोगले दायाँ खुट्टालाई खुम्च्याएर पैतालालाई तिघ्राको भित्री भागमा अड्याएर राख्नुहोस्।
दुवै हातलाई नमस्कार मुद्रामा ल्याई एकैछिन शरीरलाई सन्तुलनमा राखी अडिनुहोस्।
श्वास लामो गर्दै अगाडिको कुनै बिन्दुमा ध्यान केन्द्रित गर्दै रहनुहोस्।
बिस्तारै श्वास लिँदैहातलाई टाउको माथि नमस्कार मुद्रामा नै राखी तन्काउनुहोस्।
यस अवस्थामा हलचल नगरी वृक्षजस्तै स्थिर रहनुहोस्।
आँखा खोलेर र अभ्यस्त हुँदै गएपछि आँखा बन्द गरेर पनि अभ्यास गर्न सकिन्छ।
केहीबेर बसेपछि खुट्टा खोल्नुहोस् र पुनः बायाँ खुट्टाले टेकेर र दायाँलाई खुम्चाएर पहिले जस्तै सिलसिलाबद्ध अभ्यास गर्नुहोस्।
फाइदा
वृक्षासनको नियमित अभ्यासले शारीरिक सन्तुलन, मानसिक एकाग्रता र स्मरण शक्ति बढाउन मद्धत मिल्छ।
तनाव, रिस, मानसिक चञ्चलता आदि घटाउन यो आसन सहयोगी छ।
रक्त संचार प्रवाह गर्न मद्दत गर्छ।
रोग प्रतिरोधात्मक क्षमता बढाउने।
यो आसनले खुट्टालाई बलियो र सबल बनाउँछ।
ताडासन गर्ने सरल विधि
यसको लागी सबैभन्दा पहिला सिधा भएर उभिनुहोस र आफ्नो ढाड, कमर एवं गर्दन सीधा राख्नुहोस।
अब आफ्नो दुवै हातहरु फैलाएर माथि गर्दै टाउको माथि ल्याउनुहोस र दुबै हातका औलाहरु एक आपसमा जोड्दै सङ्लो बनाएर माथितिर फर्काउदै, सांस लिदै बिस्तारै बिस्तारै पुरै शरीरलाई तन्काउनुहोस् |
तन्काईलाई खुट्टाको औलाहरुबाट लिएर हातको औलाहरुसम्म महसूस गर्नुहोस।
केहिबेर यो अवस्थामा बस्नुहोस र लामो तथा गहिरो श्वास लिने र छोड्ने गर्दै अनुभव महसूस गर्नुहोस।
अब फेरी श्वास छोड्दै आफ्नो हात र शरीरलाई पहिलाकै अवस्थामालिएर आउनुहोस।
यसरी यो एक चक्र पूरा भयो। यसलाई ३-४ चोटी अभ्यास गर्नुहोस।
ताडासनका फाइदा
शरीरको उचाई बढ़ाउछ।
शरीरको वजन कम गर्छ।
पीठ्युको दुखाई कम गर्छ।
स्नायु एवं मांसपेशीकोदुखाई कम गर्छ।
ताडासनले खुट्टामा मजबूती प्रदान गर्दछ।
सम्पूर्ण शरीरको दुखाई र पीडाको लागी खाई धेरै हदसम्म कम गर्न सकिन्छ।
सावधानी
बढी मोटोपना र घुँडा दुखेको अवस्थामा अभ्यास नगर्नुहोस्।
राष्ट्रिय योगाक्रम पुस्तकबाट