सामन्था अक्किनेनी बलिउडकी फिट र सुन्दर अभिनेत्री मध्ये एक हुन्। बलिउडमा चर्चित हुनुभन्दा पहिले उनी तमिल र तेलुगु फिल्म उद्योगमा समेत स्थापित भईसकेकी थिईन्। सामन्था अन-स्क्रिन र अफ-स्क्रिन दुवै सुन्दर देखिन्छिन्। यो उनको फिटनेस, आहार, छाला हेरचाह र कसरतको निरन्तर प्रयासको कारण सम्भव भएको हो।
सामन्थाको सौन्दर्यको रहस्य हाइड्रेशन हो।
उनलाई दिनभर पर्याप्त मात्रामा पानी खाईरहन मन पर्छ। हाइड्रेशन नै राम्रो छाला र स्वास्थ्यको महत्वपूर्ण पक्ष हो भन्ने उनको विश्वास छ। उनले आफ्नो दैनिकीमा नरिवलको पानी र ताजा फलफूलको जुस समावेश गरेर अन्य पोषणयुक्त पेय पदार्थ पनि थप्छिन्।
सामन्था सरल, सफा र सन्तुलित आहार खान्छिन्। उनी डाइट वा उपवासमा बस्ने कुरामा विश्वास गर्दिनन्। उनी कहिल्यै खाना पनि छाड्दिनन्। उनको मन्त्र भनेको सबै खानेकुरा ठिक्क मात्रामा खानु हो।
उनको आहारमा प्रायः सलाद, फलफूल, नट, जामुन, तरकारी र मासु समावेश हुन्छ।
उनी आइतवार बिरयान, प्राउन लगायतका धेरै मसलादार खाना र आफुलाई मन लागेको खाना खान्छिन्।
प्रायजसो ब्रेकफास्टमा उनी ब्राउन ब्रेड, एभोकाडो र अण्डा र ताजा फलफुल खान्छिन्। बिहानको खानामा उनी कोदोबाट भनेको खानेकुरा संग माछा खान्छिन्। दिउँसो उनी सखरखण्ड र अण्डा खान्छिन्। साँझको खानामा उनी तरकारीसँग माछा वा कोदोबाट बनेका खानेकुरा खाने गर्छिन्।
उनले एकदिन (आईतबार) मन लागेको खानेकुरा खाए पनि कसरतमा भने कहिल्यै स्किप गर्दिनन्। उनी हरेक दिन बिहान ५ बजे आफ्नो ट्रेनर धया राजेशसँग जिम जान्छिन्। उनले एक अन्तर्वार्तामा आफुलाई जिम जान संघर्ष गर्नु परे पनि जिम पछिको नतिजाले खुसि बनाउने बताईन्।
सामन्था आफ्नो शरीरको बल बढाउनको लागि फिटनेसमा ध्यान दिन्छिन्। उनी जिममा वजन प्रशिक्षण र कार्डियोको मिश्रण,स्क्वाट्स, पुसअप, पुलअप लगायतका कसरतहरु गर्छिन्। जब उनी कसरत गर्न व्यस्त हुन्छिन् उनी जगिङ गर्न बाहिर जान समेत रुचाउँछिन्।