काठमाडौं - बहिरोपको समस्या बढ्दै गइरहेको चिकित्सकहरु बताउँछन्। विश्वमा हाल पाँच जनामध्ये एक जनामा बहिरोपनको समस्या देखिने गरेको छ।
सन् २०५० सम्ममा यो समस्या बढ्दै चार जनामध्ये एक जनामा हुन सक्ने विश्व स्वास्थ्य संगठनको अनुमान छ। तर समयमै गरिएको उपचारले बहिरोपनको समस्याबाट जोगिन सक्ने त्रिवि शिक्षण अस्पतालकी नाक, कान, घाँटी रोग विशेषज्ञ डा कृपा डंगोल बताउँछिन्।
कान कम सुन्ने समस्या कस्तो हो ? कसरी रोकथाम गर्न सकिन्छ ? भन्ने विषयमा हामीले डा कृपा डंगोलसँग कुराकानी गरेका छौँ। उनीसँग गरिएको भिडियो कुराकानी यहाँ प्रस्तुत गरिएको छ :
कान कम सुन्ने समस्या कस्तो हो ?
– कान कम सुन्ने समस्या भनेको सुनाई क्षमता विस्तारै कम हुँदै जानु हो।
– ८०÷९० डेसिबल भन्दा बढी छ भने बहिरोपनको नै समस्या हुन्छ।
– ६० देखि ८० डेसिबलको बीचको छ भने सुस्त श्रवण भनिन्छ।
कान कम सुन्ने समस्याको कारण के हो ?
– कान कम सुन्ने कारण उमेर अनुसार फरक फरक हुन्छ।
– कान कम सुन्ने समस्या कुनै पनि उमेर समूहलाई हुन सक्छ।
– कुनै बच्चाहरुमा जन्मिदा नै कान कम सुन्ने समस्या हुन्छ।
– जन्मिसकेपछि पनि विभिन्न संक्रमण र कारण कान कम सुन्ने समस्या हुन्छ।
– विभिन्न औषधिहरुको प्रयोगका कारण पनि कान कम सुन्ने समस्या हुन सक्छ।
लगातार हेडफोनको प्रयोगले सुनाई शक्तिमा कस्तो असर गर्छ ?
– विकसित मुलुकहरुमा दुई जनामध्ये एक जनामा हेडफोनको प्रयोगले दीर्घकालीन रुपमा सुनाई शक्ति गुम्ने जोखिम बढी छ।
– चर्को आवाजमा लगातार हेडफोन प्रयोग गर्दा कानमा असर गर्छ।
कान कम सुन्ने समस्या भएका व्यक्तिमा कस्तो लक्षण देखिन्छन् ?
– यो लक्षणहरु पनि उमेर समूह अनुसार फरक हुन सक्छ।
– ४÷५ वर्षको उमेरका बच्चाहरु कान कम सुनेमा बोल्दैन।
– विद्यालयहरुमा राम्रो सक्रियता नदेखाउनु, अटेरी गर्नु बालबालिकाले देखाउने लक्षण हुन्।
– कुनै व्यक्तिमा कानबाट पिप आउने आम लक्षण पनि हुन्छन्।
कान कम सुन्ने समस्याबाट कसरी बच्न सकिन्छ ?
– श्रवण शक्ति किन महत्वपूर्ण छ र यसको समाधान के छन् भनेर जनचेतना जगाउन आवश्यक छ।
– धेरैजसो बिरामीहरु एउटा कानले सुनिरहेको छ भने अस्पताल आउँदैनन्।
– अन्तिम अवस्थामा मात्र बिरामीहरु अस्पताल आउने गर्छन्।
– स्वास्थ्यकर्मीहरुलाई पनि कान स्वास्थ्य सम्बन्धी तालिम तथा अभिमुखिकरण गर्नु आवश्यक छ।
– रोगको पहिचान छिटो भएमा यो समस्याबाट बच्न सकिन्छ।
– चर्को आवाजमा हेडफोनको प्रयोग गर्नु हुँदैन।
– कुनै पनि औषधि जथाभावी रुपमा प्रयोग गर्नु हुँदैन।
कान कोट्याउने, तोरीको तेल हाल्ने चलन कत्तिको ठिक हो ?
– कान कोट्याउने राम्रो बानी होइन।
– कान कोट्याउँदा संक्रमण हुने, जालीमा प्वाल पर्ने संभावना हुन सक्छ।
– तोरी तेल राख्नु पनि राम्रो होइन। यसले कानमा फंगस संक्रमण गराउन सक्छ।
नेपालमा कानको उपचारका लागि के कस्तो सेवा सुविधाहरु छन् ?
– शहरी क्षेत्रका अस्पतालहरुमा कानको उपचारको सुविधाहरु छन्।
– काठमाडौं बाहिरका अस्पतालहरुमा दक्ष जनशक्तिहरु निकै कम छन्। उपकरणको पनि कमी छ।
– कान सम्बन्धी सेवा सुविधाहरु काठमाडौं बाहिरका अस्पतालहरुमा पनि पु¥याउन आवश्यक छ।
भिडियो – निमेषजंग राई