नयाँ दिल्ली- नक्कली औषधि बनाएको आरोपमा भारतले आफ्नो देशमा रहेका १८ फार्मा कम्पनीको लाइसेन्स रद्द गरेको छ।
ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डिया (डीजीसीआई) ले हालै २० राज्यको ७६ फार्मा कम्पनीको अनुसन्धान गरेको थियो। जसमा ७० वटा कम्पनी हिमाचल प्रदेश, ४५ कम्पनी उत्तराखण्ड र २३ कम्पनी मध्य प्रदेशका थिए।
लाइसेन्स रद्ध भएका कम्पनीमा अधिकत उत्तराखण्ड र हिमाचल प्रदेशको भएको भारतीय अखबारहरूले जनाएका छन्।