काठमाडौं- काठमाडौं महानगरपालिकाले बौद्धमा सञ्चालित चाइनिज पिपुल्स हस्पिटलको प्रशासनमा ताला लगाएको छ। महानगरले अनुगमनका क्रममा कानुनी प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेको र मापदण्ड पुरा नगरेको फेला पारेपछि अस्पतालको प्रशासनमा ताला लगाइदिएको हो।
यस्तै अस्पतालमा भर्ना भएका बिरामीलाई अन्यत्र अस्पतालमा व्यवस्थापन गर्न पनि महानगरले निर्देशन दिएको छ। महानगरपालिकाको टोलीले सोमबार अस्पतालको आकस्मिक अनुगमन गरेको थियो।
उक्त अस्पतालमा यसअघि प्रहरीले अवैध रुपमा चिकित्सकले काम गरेको फेला पारेपछि चिनियाँ डाक्टरलाई पक्राउ गरेको थियो।