डडेल्धुरा- डडेल्धुरा जिल्लाभर स्वास्थ्य सेवातर्फ परशुराम नगरपालिका उत्कृष्ट भएको छ। स्वास्थ्य निर्देशनालय दीपायल डोटीले गरेको मूल्यांकनका आधारमा परशुराम नगरपालिका स्वास्थ्यतर्फ जिल्लाभर उत्कृष्ट भएको हो।
आर्थिक वर्ष २०७९ ०८० का विभिन्न स्वास्थ्य सूचकहरुका आधारमा मूल्यांकन गर्दा उक्त नगरपालिका जिल्लाभरीमा उत्कृष्ट छनोट भएको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ।
जिल्लाभर उत्कृष्ट भएपछि उक्त नगरपालिकाको स्वास्थ्य शाखालाई असोज २५ गतेदेखि २७ गतेसम्म धनगढीमा हुने प्रदेशस्तरीय समिक्षा गोष्ठीमा सहभागी गराउने स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ।