बैतडी- बैतडीलगायत स्थानीय तहमा निमार्ण हुने भनीएका अधिकास आधारभूत अस्पतालहरु अलपत्र परेका छन्। कतै फिल्ड काटेर छोडिएका छन भने कतै जग खनेर ठेकेदारहरु सम्पर्कविहिन छन्।
बैतडीको बीच केन्द्र मानीने पाटन नगरपालिकामा १५ शय्याको आधारभूत अस्पताल निर्माण सुरु भएको तीन वर्षमा एउटा पिल्लर निमार्ण हुँदै छ।
सिनर्जी प्रधान जेभीले १४ करोडमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरेको भएपनि अस्पताल संरचनाको फिल्ड कटिङ र वाल मात्रै निर्माण भएको छ भने केही दिन पहिले मात्र पिल्लर निमार्ण सुरु गरिएको छ।
अहिले जग लाग्ने काम भइरहेको छ। निर्माण कम्पनीले पेस्की र रनिङ बिल गरी जम्मा २ करोड २० लाख रुपैयाँ बुझीसकेको पाटन नगरपालिकाले जनाएकाे छ। पछिल्लो समयमा ठेकेदार नै सम्पर्कविहिन भएपछि नगरपालिकाले बैँक ग्यारेन्टी रोक्न पत्र पठाएको नगर उपप्रमुख कमलसिंह बोहराले बताए। उनले भने, 'ठेकेदारले काममा ठिलासुस्ती गरेकाे छ नगरपालिकाले पत्र काटेपछि अहिले काम गदैछ नसके ठेक्का रद्धका लागि सिफारिस हुन्छ।'
निमार्ण सम्पन्न गर्ने सम्झैता मिति यही चैतमा सकिँदैछ। पाटनमा अस्पताल नहुँदा प्राथमिक स्वास्थ्य केन्द्रलाई सेवा प्रवाहमा समस्या छ। अस्पताल निमार्ण नभएपछि यहाँका नागरिक चिन्तीत छन्। छिटो अस्पताल निमार्ण गर्नुपर्ने स्थानीय रमेश पन्तको माग छ।