नयाँदिल्ली - भारतको बाययोटेक कम्पनीले निर्माण गरेको रोटा भाइरसबिरुद्धको भ्याक्सिनमाथि प्रश्न उठेको छ। उक्त कम्पनीको 'रोटावैक' नामको खोपले बाउल सिन्ड्रोमको खतरता हुने इन्टरनेशनल जर्नल अफ रिस्क एन्ड सेफ्टी इन मेडिसिनमा प्रकाशित एक अध्ययनमा उल्लेख भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
स्टडीका अनुसार यसबाट इन्टुअससेप्शन जस्तो गम्भीर मेडिकल कन्डिसन हुने सक्ने सम्भावना रहन्छ। यसको अर्थ आन्द्राको एक हिस्सा अर्कोमा पस्ने गर्छ। यसबाट आन्द्रामा रगतको कमी हुन्छ र इन्टेस्क्कटाइनल ग्यांग्रिनको कारण बन्न सक्ने बताइएको छ।
समयमै उपचार नभएमा मृत्यु समेत हुन सक्ने बताइएको छ। भारत बायोटेकले भने उक्त अध्ययनको दाबीलाई अस्वीकार गरेको छ। उक्त भ्याक्सिनको अध्ययन सावधानीपृर्वक गरिएको उसले जनाएको छ।