मुम्बइ- भारतीय टिभी अभिनेत्री हिना खान अहिले क्यान्सरसँग संघर्ष गरिरहेकी छिन्। यही बीच उनले आफ्नो कपाल आफैंले काटेकी छिन्। सामाजिक सञ्जालमा उनले आफ्नो बाटिएको कपाल आफैंले काटेको भिडियो क्लिप सार्वजनिक गरेकी हुन्।
उनले कपाल काट्दै गर्दा उनकी आमा रोइरहेको भिडियोमा देखिन्छ। उनले आमालाई कपाल फेरि पनि आउने भन्दै सम्झाइरहेकी छिन्।
उनले भिडियोमा लेखेकी छिन्, 'मेरी आमा रोइरहेको आवाज सुन्न सक्नुहुन्छ। मलाई आशिर्वाद दिँदै उनी आफैंलाई ती सवथोक देख्न तयार गरिरहेकी थिइन्, जुनकुराको उनले कहिल्यै कल्पना गरेकी थिइनन्। हामी सवैसँग यस्तो मनै कटक्क पार्ने समयमा सम्हालिने शक्ति हुँदैन।'
आफूले मुश्किलमाथि जित हासिल गर्ने बाटो चुनेको बताइन्। उपचारको क्रममा झर्न सुरु हुन कपाल त्यसअघि नै काटेको उनको भनाइ छ। उनी तेस्रो चरणको क्यान्सरसँग जुधरहेकी छिन् । ३६ वर्षीय खानले ‘ये रिश्ता क्या कहलाता है’ र ‘कसौंटी जिन्दगी’ जस्ता चर्चित टिभी शृंखलामा मुख्य भूमिकामा काम गरेकी छिन्। रियालिटी बिग बोसमा देखिसकेका छन्।