(क्रोएसिया)- क्रोएसियाको एक नर्सिङ होममा सोमबार एक बन्दुकधारीले गोली चलाउँदा कम्तीमा पाँच जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
अज्ञात बन्दुकधारीले जाग्रेबबाट करिब एक सय ३० किलोमिटर (८० माइल) पूर्वमा रहेको दारुवरमा रहेको एउटा नर्सिङ होममा प्रवेश गरी गोली चलाउन थालेको राज्य प्रसारक एचआरटीले जनाएको छ।
उक्त घटनामा कम्तीमा पाँच जनाको मृत्यु भएको र कैयौँ घाइते भएको एचआरटीले जनाएको छ।
प्रहरीले स्थानीय समयानुसार सोमबार बिहान १०ः१० बजे घटनाको जानकारी पाएको र संदिग्धले नर्सिङ होममा प्रवेश गरी बन्दुक प्रयोग गरेको पुष्टि गरेको छ। अपराधमा संलग्न व्यक्ति प्रहरी हिरासतमा रहेको प्रहरीले एक विज्ञप्तिमा जनाएको छ।
प्रधानमन्त्री एन्ड्रेज प्लेन्कोभिकले घटनाको विस्तृत अनुसन्धान गर्न सम्बन्धित अधिकारीहरूलाई आह्वान गरे।
यस क्षेत्रको क्षेत्रीय आपत्कालीन हेरचाह सुविधाका प्रमुख नेनाद मर्जलेकीले भने, “मेडिकल टोलीले घटनास्थलमा चार जनाको मृत्यु भएको फेला पार्यो र अन्य चार जना घाइते भएका थिए, उनीहलाई तत्काल स्थानीय अस्पतालमा लगियो।”
क्रोएसियाली अखबार जुटार्नजी लिस्टले कथित गोली हान्ने व्यक्तिलाई सेवानिवृत्त सैन्य प्रहरी अधिकारी भनेर वर्णन गरेको छ
गत वर्ष छिमेकी मुलुक सर्बियामा एकपछि अर्को गोलीबारी हुँदा राजधानी बेलग्रेडको एक विद्यालयमा भएको नरसंहारमा १० जनाको ज्यान गएको थियो।