काठमाडौं- कोलाकाल प्रहरीले १४ र १५ गते राति आरजी कर अस्पतालमा हमला गर्ने १९ व्यक्तिलाई गिरफ्तार गरेको छ। कोलकाता प्रहरीले एक्स पोस्टमार्फत् यो जानकारी प्रदान गरेको हो। प्रहरीले लेखेकव छ, 'आरजी कर अस्पतालमा तोडफोडको मामलामा अहिलेसम्म १९ जना गिरफ्तार गरेको छ।'
प्रहरीले अरु कुनै संदिग्धबारे जानकारी भए सूचना दिन भनेको छ। केही दिनअघि कोलकाताको आरजी कर मेडिकल कलेजमा पीजी अध्ययनरत एक छात्राको बलात्कारपछि हत्या भएको थियो।
आरोपीमध्ये एकलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ। अन्यको खोज जारी छ। भारतभरका पीजी अध्ययनरत विद्यार्थीहरुले दोषीमाथि कडा कारबाही, सुरक्षाको उपयुक्त नीतिलगायत माऊ राखेर हड्ताल गरिरहेका छन्।