काठमाडौं- शहीद दशरथचन्द राष्ट्रिय स्वास्थ विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले गेटामा तीन सय शय्याको अस्पताल सञ्चालन गर्न माग गर्दै धर्ना दिएको छ।
संघर्ष समितिले सोमबार जिल्ला प्रशासन कार्यालय कैलाली अगाडि एप्रोन लगाएर प्रदर्शन गरेको हो।
संघर्ष समितिले तत्काल मेडिकल अध्ययन तथा अध्यापनका लागि आवश्यक पर्ने कम्तिमा तीन सय शय्याको अस्पताल सञ्चालन गर्न माग गरेको छ।
समितिले देश भर २५ भन्दा बढी मेडिकल कलेज प्रतिष्ठान सञ्चालन भए पनि सुदूरपश्चिममा एउटा पनि नहुनुले राज्यको हेपाहा दृष्टिकोणले भएको ठहर पनि समितिले गरेको छ।