काठमाडौं- नेपाली कांग्रेस र नेकपा एमालेबीचको संयुक्त सरकारले सरकारका साझ संकल्प तथा नीतिगत प्रतिबद्धता सार्वजनिक भएको छ। बुधबार साँझ ८ बुँदे साझ संकल्प तथा नीतिगत प्रतिबद्धता सार्वजनिक भएको हो।
'२०८१ असार १७ गते नेपाली काङ्ग्रेस र नेकपा (एमाले) बीच संयुक्त सरकार निर्माणका लागि सम्पन्न ७ बुँदे सहमतिमा व्यक्त राष्ट्रिय हितको रक्षा, संविधानको कार्यान्वयन र विकास, राजनीतिक स्थायित्व, सुशासन, गतिशील अर्थतन्त्र, विकास निर्माणमा तीव्रता र आर्थिक समृद्धि लगायतका जनचाहनालाई सम्बोधन गर्ने सङ्कल्पका साथ यो नीतिगत प्रतिबद्धता सार्वजनिक गरिएको छ,' सार्वजनिक प्रतिबद्धतामा उल्लेख छ।
साझा संकल्पमा स्वास्थ्यका विषय पनि परेको छ। गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच बढाउनेदेखि स्वास्थ्य बीमा विस्तारसम्मका विषय संकल्पमा उल्लेख छ।
‘गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच बढाउन स्वास्थ्य बीमाको बिस्तार, पूर्वाधार र जनशक्ति निर्माण र स्वास्थ्य चेतनाको श्रृङ्खला निर्माण गरेर निरोगी नेपालको अवधारणालाई सार्थक तुल्याइने छ,’ संकल्पमा भनिएको छ।
हेरौं पूर्णपाठ