काठमाडौं– हुम्लाबाहेक देशभर डेंगु रोगको संक्रमण देखिएको छ। डेंगु संक्रमणको जोखिम असोज महिनाभर हुने बताइएको छ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले असोजम्म पानी पर्ने भएकाले डेंगुको जोखिम हुने बताउनुभयो। “साधारणतया डेंगु संक्रमण जेठदेखि असोजसम्म हुने गर्दछ”, उनले भने, “त्यसपछि जाडो याम सुरु हुने भएकाले डेंगु सार्ने लामखुट्टे क्रमशः हराउँदै जान्छन्।”
प्रमुख डा दाहालका अनुसार अहिलेसम्म देशभर ११ हजार पाँच सय ४५ जनामा डेंगु रोगको संक्रमण देखिएको छ। हालसम्म डेंगु रोगको संक्रमणबाट ६ जनाको मृत्यु भइसकेको छ।