काठमाडौं- त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)को डीनका लागि आवेदन दिएकामध्ये पाँच जना सर्ट लिस्टमा छनोट भएका छन्। डीन नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले आवेदन दिएकामध्येबाट पाँच जनालाई सर्ट लिस्ट गरेको हो।
समितिले प्राडा अभिमन्यू झा, प्राडा उत्तमकुष्ण श्रेष्ठ, प्राडा दिव्या सिंह शाह, प्राडा मोहनराज शर्मा र प्राडा सुधा बस्नेतलाई सर्ट लिस्टमा राखेको हो।
सर्ट लिस्टमा परेकाहरुको प्रस्तुति र अन्तर्वार्ता १३ गते आइतबार बिहान ८ बजे हुने छ।
सर्ट लिस्टमा परेकाबाट ३ जनाको नाम छनोट गरी त्रिवि कार्यकारी परिषद्मा सिफारिस गरिनेछ। कार्यकारी परिषदले तीन जनामध्ये एक जनालाई डीनमा नियुक्त गर्ने छ।
आईओएमकी डीन प्राडा दिव्या सिंह शाहको कार्यकाल गत साउनमा सकिएको थियो। उनलाई अर्को व्यवस्था नभएसम्मका लागि डीनको जिम्मेवारीमा निरन्तरता दिइएको छ।
डीनका लागि १३ जनाले आवेदन दिएका थिए। जसमा लिस्टमा परेका पाँच जनासहित प्राडा रमेशसिंह भण्डारी, प्रडा निर्जु रन्जित, प्राडा दिनेश काफ्ले, प्राडा रामचन्द्र अधिकारी, प्राडा मिता राणा, प्राडा ज्योतिबाबा श्रेष्ठ, प्राडा संघरत्न बज्राचार्य, प्राडा रत्नमणि गजुरेल थिए।