कोलम्बो- गत वर्ष श्रीलङ्कामा ३३ हजार भन्दा बढी नयाँ क्यान्सर रोगीहरू पत्ता लागेका श्रीलङ्का स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रतिवेदनमा उल्लेख गरेको छ।
स्वास्थ्य मन्त्रालयका सचिव पालिथा महिपालाले गत वर्ष पनि क्यान्सरका कारण श्रीलङ्कामा १९ हजार जनाको मृत्यु भएको बताउनुभयो । यहाँ पुरुषहरूमा मुखको क्यान्सर र महिलाहरूमा स्तन क्यान्सर सामान्य रहेका छन्।
महिपालका अनुसार श्रीलङ्कामा क्यान्सरका कारण हुने मृत्युको प्रमुख कारण स्तन, मुख, फोक्सो र कोलोरेक्टल क्यान्सर हो ।