काठमाडौं- भक्तपुर क्यान्सर अस्पतालले मेमोग्राफीमा ५० प्रतिशत छुट दिने भएको छ । दशैंतिहारलगायत चाडपर्वको अवसरका साथै स्तन क्यान्सर सचेतना महिना (अक्टोबर)का अवसरमा उक्त छुट दिने घोषणा गरिएको हो।
अस्पतालका निर्देशक डा उज्ज्वल चालिसका अनुसार १४ कात्तिक सम्म ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको हो। उनले भनेका छन्, 'फुर्सदको समयमा आफ्नो स्वास्थ्यको पनि ख्याल गरौं! भक्तपुर क्यान्सर अस्पतालमा विशेषज्डाञ चिकित्सकबाट चेक गरौं।'
छुटपछि ७ सय रुपैयाँमा स्तन क्यान्सर भए/नभएको पत्ता लगाउने सकिने उनले बताए। ! उनले भने, 'चालिस कटेसी सबैले गर्नुपर्ने हुन्छ । विपन्न स्किममा निशुल्क छ र स्वास्थ्य बीमाबाट समेत १५० रुपैयाँ तिरेर सुविधा लिन सकिन्छ।'
स्तन क्यान्सरको सबैभन्दा उत्तम वैज्ञानिक स्क्रिनिङ गर्ने प्रविधि भनेको म्यामोग्राफी हो। डा चालिसेका अनुसार ४० कटेका महिलाले वर्षमा एक पटक म्यामोग्राफी जाँच गर्नुपर्छ। म्यामोग्राफीले स्तनको आकार तथा प्रकारमा भएको परिवर्तनलाई पहिचान गर्ने गर्छ।