काठमाडौं- नेपाल फार्मेसी परिषदले लिने नाम दर्ता परीक्षामा आफूले चलाएको अनलाइन कक्षामा पढे शत प्रतिशत पास हुने भन्दै विद्यार्थी माथि भ्रम छर्दै हिँडेको तथ्य परिषदले फेला पारेको छ।
परिषदले एडुमार्क नामक म्यासेन्जर ग्रुप र सोका सञ्चालक डब्बल बहादुर बोहराले आफूले चलाएको अनलाइन कक्षामा पढे शतप्रतिशत पास हुने नभए पैसा फिर्ता हुने भनेर भ्रम छरिरहेको तथ्य फेला पारेपछि सार्वजनिक सूचना नै जारी गरेको छ।
परिषदले यस्ता खाले अनलाइन कक्षा र पास हुने प्रलोभनमा नपर्न भन्दै बोहराको नाम सहित सूचना सार्वजनिक गरेको हो। साथै परिषदले यस्ता प्रलोभन दिनेमाथि तत्कालै प्रहरीको खबर गर्न पनि अनुरोध गरेको छ।
हेरौं सूचना