काठमाडौं- नेपाल फार्मेसी काउन्सिलले नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक गरेको छ। काउन्सिलले लिएको परीक्षामा ३९ दशमलव २८ प्रतिशत उत्तीर्ण भएका छन्।
काउन्सिलका रजिष्ट्रार सञ्जिव पाण्डेयका अनुसार फर्मासिस्ट (बि फार्म)को परीक्षामा एक हजार एक सय ६५ परीक्षार्थी सहभागी भएकोमा जम्मा ४५७ जना मात्र उत्तीर्ण भएका छन्।
परीक्षामा सहभागी भएकामध्ये जम्मा ३९ दशमलव २८ प्रतिशत मात्र उत्तीर्ण भएका हुन्।
नतिजामा चित्त नबुझे राजश्व तिरेर प्रश्न पत्र सहितको उत्तर हेर्न सकिने रजिष्ट्रार पाण्डेयले जानकारी दिए।
हेरैं नतिजा
यी हुन् पास भएकाहरु
पिडिएफमा हेरौं
यी हुन् अनुत्तीर्ण भएकाहरु