काठमाडौं - चितवनस्थित भरतपुर अस्पतालले सेवा लिन आउने बिरामीको सुविधाका लागि नि:शुल्क सटल बस सेवा सुरु गरेको छ।
बिरामीको उपचार सेवा सहज बनाउन नि:शुल्क बस सेवा सञ्चालन गरिएको अस्पतालले जनाएको छ। बा १ ग ११७८ नम्बरको डीसीएम टोयोटा बसको सेवा बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म लिन सकिने अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। उक्त बसको सिट क्षमता ३० छ।
अस्पतालबाट मालपोत चोक (बाइपास रोड), जिल्ला प्रशासन चोक, हाकिमचोक, चौबिसकोटी, वीरेन्द्र क्याम्पस चोक, विशाल चोकबाट बाइपास रोड हुँद अस्पताल पुग्नेछ। सार्वजनिक विदाको दिनमा भने उक्त बस सेवा सञ्चालन नहुने अस्पतालले जनाएको छ।