काठमाडौं- स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि आवेदन दिएकामध्ये आवेदन स्वीकृत भएका १० जनालाई प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाइएको छ।
कार्यकारी निर्देशक छनौटका लागि गठित समितिले एक सूचना जारी गर्दै १० जनालाई प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाएको हो।
समितिले फागुन १८ गतेलाई प्रस्तुतीकरण र १९ गतेलाई अन्तर्वार्ताका लागि समय दिएको छ।
समितिले आवेदन दिने अन्तिम दिन गत आइतबारसम्म ११ जनाको दरखास्त स्वीकृत भएको भन्दै नामावलीसहितको सूचना प्रकाशित गरेको हो।
समितिले माघ २४ गते स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरेको थियो।
