काठमाडौं- सुदूरपश्चिमको कैलालीमा रहेको गेटा अस्पतालका नवनियुक्त निर्देशक डा प्रमोद यादवले पदवहाली गरेका छन्।
डा यादवले बुधबार अस्पतालमा पुगेर पदवाहली गरेका हुन्। उनी चैत ७ गते अस्पताल निर्देशकमा नियुक्त भएका थिए।
पदवहालीपछि डा यादवले अस्पतालमा सेवाहरु थप गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरे। उनले केही समयभित्र नै अस्पतालमा आकस्मिक सेवा सञ्चालनमा ल्याउने पनि जानकारी दिए।
निर्देशक यादवले क्वार्टरहरुको ह्यान्डओभर लिने र अस्पताललाई तीन सय शय्यामा सञ्चालनमा ल्याउने गरी कामहरु अगाडि बढाउने प्रतिवद्धता पनि जनाए।