काठमाडौं- आवासीयष चिकित्सकका विषयमा अदालतमा रहेको महत्वपूर्ण मुद्दाको आज सुनुवाई हुँदैछ। आवासीय चिकित्सकहरूले पूर्वनिर्धारित परीक्षा सिटको सुनिश्चितता र हाम्रो मासिक रु ४८ हजार रुपैयाँ निर्वाह भत्तालाई लिएर अदालतमा मुद्दा दायर भएको छ।
उक्त मुद्दामाथि आज सुनुवाई हुने सम्भावना रहेको छ। यसअघि भएको निर्णय कार्यान्वयनको माग राख्दै आवासीय चिकित्सक केही दिनदेखि आन्दोलित छन्। सरकारले आवासीय चिकित्सकलाई मासिक ४८ हजार रुपैयाँ निर्वाह भत्ता दिने निर्णय गरेको दुई महिना बित्दा पनि कलेज सञ्चालकले सुनुवाई नगरेपछि उनीहरु काम छाडेर आन्दोलनमै उत्रिनुपरेको हो।
चिकित्सा शिक्षा आयोगको १६ औं बैठकले आवासीय चिकित्सकलाई निर्वाह भत्ता ४८ हजार रुपैयाँ दिनुपर्ने निर्णय गरेको हो। त्यसअघि उनीहरुले जम्मा १९ हजारदेखि २४ हजारसम्म मात्र निर्वाह भत्ता दिँदै आइरहेका थिए।