काठमाडौं- जेनजी पुस्ताको आन्दोलनमा घाइते भएकामध्ये राष्ट्रिय ट्रमा सेन्टरमा १६१ जनाको उपचार भएको छ।
ट्रमाका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा बद्री रिजालका अनुसार १६१ जनामध्ये १०३ जना घाइते उपचारपछि डिस्चार्ज भएका छन्। अस्पतालमा उपचाररत ५८ जनामध्ये ८ जना भने आइसीयूमा रहेका छन्।
प्रमुख मेसी डा रिजालले उपचारमा संलग्न चिकित्सक, नर्स, प्यारामेडिक्स तथा कर्मचारीहरुलाई आभार व्यक्त गरेका छन्।