सधैंझैं यसवर्ष पनि नेपालमा चाडपर्वको उल्लास छाइसकेको छ । यसवर्ष नेपालमा भएको आन्दोलन र यसबाट भएको जनधनको क्षतिका कारण चाडपर्व केही फिक्का अवश्य लागेको छ । यद्यपी दशैंको माहोल भएकोले खुला चौरतिर पिङ खेल्न केटाकेटी व्यस्त देखिन थालिसकेका छन् । टोलटोलमा खशी,बोका तथा च्याङ्ग्रा काट्न शुरु भइसकेको छ । घर–घरमा मासुका विभिन्न परिकार पकाउन पनि सुरु भइसकेको अवस्था छ ।
दशैंमा प्राय जसोको घरमा खसी, भेडा, च्याङग्रा, राँगाको मासु खाने चलन छ । दशैंमा आन्द्रा, रक्ति, पक्कु मासुलाई तेलमा भुटेर, मसला धेरै राखेर फ्रिजमा राखेर खाने चलन छ । शरिरलाई आवश्यक पर्ने भिटामिन, मिनिरल, विभिन्न पोषक तत्वहरु मासुबाट पाइन्छ । अतिथि सत्कारदेखि पारिवारिक रमाइलो गर्न समेत उपभोग हुँदै आएको यस्तो मासुले शरीरलाई भने धेरै हानि गरिरहेको छ । रातो मासुले शरीरमा चिनिको मात्रा, प्रेसर र कोलस्ट्रोल बढाउने गर्छ ।
दश दिनसम्म लगातार चिल्लो, पिरो, तारेको, भुटेको मासुले बाथ, नशा, मांशपेशी तथा हाड जोर्नीको समस्या भएका बिरामीलाई अझ धेरै सताउँछ । सर्वप्रथम यसले शरिरको पाचन प्रणालीलाई असर गर्छ । लगातार मासु खाइरहँदा लिवरलाई पनि भार पर्न जान्छ । चिल्लो, बोसोयुक्त मासुले शरिरमा कब्जियत हुन थाल्छ । यस्तो खानेकुराले बिरामीलाई जोर्नी दुखाइ बढाउने, नशाको दुखाइ बढाउने गर्छ । लिगामेन्ट पनि कमजोर बनाउँछ । शरिरलाई बोझिलो बनाएर आलस्यपना बढाउँछ । शरिरमा बोसो जम्न थाल्छ ।
मासुमा भएको बोसोले धेरै हानी गर्छ । तसर्थ बिरामीले खशी,बोका, च्याङग्रा खानुभन्दा कुखुराको मासु खानु धेरै लाभदायक हुन्छ । अझ सकेसम्म हाम्रो घर वरपर पालिएका, घरको दाना, घाँस खुवाएर हुर्काएको लोकल कुखुराको मासु खानु राम्रो हुन्छ । तर लोकल नपाएको अवस्थामा बोइलर कुखुराको पखेटा हटाएर मात्र खानु पर्छ ।
आजकाल बजारमा व्यवसायिक रुपमा पाइने बोइलर कुखुराको मासुमा अत्यधिक रुपमा एन्टिबायोटिक प्रयोग भएको हुन्छ । जसले गर्दा मासु खाने व्यक्तिलाई एन्टिबायोटिकको प्रत्यक्ष असर पर्छ ।
कुखुराको मासुमा पाइने पोषक तत्व
पोटासियम १८९ ग्राम
फोस्फोरस १४७ ग्राम
सोडियम ७०
क्याल्सियम १०
जिंक १.५१
यसबाहेक भिटामिन बि फोर, बि थ्रि, भिटामिन सि, भिटामिन इ, भिटामिन ए लगायतका विभिन्न पोषक तत्व पाईन्छ ।
हाम्रो समाजमा चाडपर्वको बहानामा मासुसँगै धुम्रपान र मद्यपान गर्ने पनि चलन छ । तर एकपटक यस्तो समस्या भएका बिरामीहरुले आफूलाई संयमित राखेर रमाइलो गर्नुपर्छ । नेपाली समाजमा दशैंतिहारको मौका छोपी जुवा तास खेल्ने जमात पनि धेरै भेटिन्छन् । नशाको समस्या नभएका मानिसहरु पनि लगातार जुवा र तास खेल्दा घण्टौं एउटै पोजिसनमा बस्दा पेटमा ग्याँस जम्ने, शरिर दुख्ने, कब्जियतका समस्या बोर्होछन् । नशाका समस्या भएकालाई यो जिवनशैले झन समस्या थपिदिन्छ । एकै ठाँउमा घण्टौं बसिरहँदा खुट्टा निदाउने, झमझमाउने, रगतको प्रवाह रोकिने, मेरुदण्डलाई असर पर्ने, कम्मरमा दुखाइ बढ्नुका साथै नशा च्याप्पिने संभावना बढ्छ ।
मासुलाई तेलमा तारेर, धेरै मसला राखेर भुटेर खानुभन्दा थोरै तेलमा थोरै मसला राखेर, कुकरमा सिटी लगाएर, नरम बनाएर खाँदा शरिरलाई फाइदा पुग्छ । यस बाहेक मासुलाई उमालेर साधारण तरिकाले नुन टिमुरसँग चोपेर खायो भने मासु अझ लाभकर हुन्छ ।
मांशपेशी तथा हाड जोर्नीको बिरामीलाई शाकाहारी खाना पनि उपयुक्त हुन्छ । शाकाहारीले प्रशस्त मात्रामा हरियो तरकारी, फलफुल, गेडागुडी, सलाद खानु राम्रो हुन्छ । ओखर,बदाम,काजु, किसमिस जस्ता पोषक तत्व भरिएका खानेकुरा खानु पर्छ । यस्ता फलफुलहरुमा प्रोटिन ४६ ग्राम, क्यल्सियम ८०० ग्राम,भिटामिन ए २५०० आइ यु, भिटामिन सि ४० मिलिग्राम, भिटामिन डी ४०० आइ यु पाईन्छ । यी खानेकुराहरुले शरिरमा चाहिने भिटामिन, खनिज तत्व सजिलै पुरा गर्छ ।
दशैंको लामो बिदा भएको समयमा नशाको समस्या भएका बिरामीले आफ्नो स्वास्थ्यलाई पहिलो प्राथमिक्तामा राखेर चाड पर्व मनाउनु पर्छ । बिहान छिट्टै उठ्ने, दैनिक व्यायाम गर्ने, ढाडलाई सिधा बनाएर बस्ने, झुकेर काम नगर्ने, प्रशस्त पानी पिउने, दैनिक बिहान घाममा आधा घण्टा बस्ने गर्नुपर्छ । दशैंमा आफ्नो स्वास्थ्यलाई ख्याल गरौं, रमाइलोसँग मनाऔं, दशैंको शुभकामना ।
विश्वका १७० देशले कुनै न कुनै रुपमा वैकल्पिक उपचार पद्धतिलाई प्रयोग गर्ने गरेका छन् । नेपालमा यकिन तथ्यांक नभएपनि यस उपचार पद्धतिको प्रयोग ७० प्रतिशत बिरामीहरुले प्रयोग गर्ने गरेको अनुमान गरिन्छ ।
(डा कापरी फिजियोथेरापिष्ट तथा कायरो प्राक्टिसनर हुन्)