भिटामिन बी१२ हाम्रो शरीरको अत्यावश्यक पोषक तत्व हो। यसले हाम्रो रक्तकोषहरूलाई स्वस्थ राख्न, महत्वपूर्ण भूमिका खेल्छ।भिटामिन बी१२, जसलाई कोबालामिन पनि भनिन्छ, शरीरको स्नायु प्रणाली, रक्त निर्माण र डीएनए उत्पादनको लागि अत्यावश्यक पोषक तत्व हो। यसको कमी हुँदा शरीर र मानसिक स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ। भिटामिन बी१२ को कमी समयमै पत्ता लगाएर उपचार नगरे गम्भीर जटिलता निम्तिन सक्छ।
जब शरीरलाई पर्याप्त मात्रामा भिटामिन बी१२ प्राप्त हुँदैन वा शरीरले यसलाई राम्रोसँग अवशोषित गर्न सक्दैन, तब भिटामिन बी१२ को कमी बी१२ हुन्छ। भिटामिन बी१२ विशेष गरी मासु, अण्डा, माछा, दुधजस्ता पशुजन्य उत्पादनहरूमा पाइन्छ। यसले शरीरको रक्त कोष, स्नायु कोषलाई स्वस्थ राख्ने र डीएनएको निर्माण गर्ने महत्त्वपूर्ण भूमिका खेल्छ।
भिटामिन बी१२ को कमीका मुख्य कारणहरू
१. आहारको कमी
पशुजन्य स्रोतबाट मात्रै प्राप्त हुने भएकाले शाकाहारीहरूमा भिटामिन बी१२ को कमीको जोखिम उच्च हुन्छ।शुद्ध शाकाहारी वा भेगन भोजन लिने व्यक्तिहरूमा भिटामिन बी१२ कमीको सम्भावना बढ्छ।
२. पाचन प्रणालीका समस्या
ग्यास्ट्राइटिस, क्रोन्स रोग, सेलिएक डिजिज जस्ता पाचन समस्याले पेट र आन्द्राले भिटामिन बी१२ अवशोषित गर्ने क्षमता घटाउँछ।
३. हानिकारक रक्तअल्पता
यो दुर्लभ अवस्थामा शरीरले इन्टेरिनिक फक्टर बनाउन छोड्छ, जुन भिटामिन बी१२ पचाउन जरुरी हुन्छ।
४. पेट र आन्द्राको शल्यक्रिया
पेट वा आन्द्राको सर्जरीपछि अवशोषण प्रक्रियामा समस्या आउन सक्छ।
५. उमेर
बुढ्यौलीमा पेटको अम्ल घट्छ र भिटामिन पचाउन गाह्रो हुन्छ।
भिटामिन बी१२ को कमीका लक्षणहरू
भिटामिन बी१२ को कमीका लक्षणहरू विस्तारै देखिन थाल्छन् र समयसँगै गम्भीर हुन सक्छन्। यी लक्षणहरूलाई मुख्यतया तीन भागमा वर्गीकरण गर्न सकिन्छः
लक्षणहरू
- अत्यधिक थकान र कमजोरी
- छाला पहेँलो देखिनु
- जिब्रो दुख्ने र रातो हुने
- वाकवाकी लाग्नु वा बान्ता हुनु
- तौल घट्नु
- हातखुट्टामा सुन्निने वा झमझमाउने
- दृष्टि कमजोर हुनु
- स्मरणशक्ति कमजोर हुन थाल्नु
- हिँड्दा सन्तुलन गुम्नु
- डिप्रेसन र चिडचिडापन
- व्यवहारमा परिवर्तन
- अनावश्यक डर वा उदासी
यी लक्षणहरू देखापर्दै गएमा तुरुन्त चिकित्सकसँग परामर्श गर्नुपर्छ।
भिटामिन बी१२ को कमी कसरी पत्ता लगाउने?
भिटामिन बी१२ को कमीको निदान सामान्यतया रगत परीक्षणमार्फत गरिन्छ। यदि रगतमा भिटामिन बी१२ को स्तर प्रति मिलिलिटर १५० पिको ग्राम भन्दा कम छ भने चिकित्सकले भिटामिन बी१२ को कमी भएको ठहर गर्छन्।
यहाँ भिटामिन बी१२ पाइने प्रमुख स्रोतहरू उल्लेख गरिएका छन्ः
१. माछा तथा समुद्री स्रोतहरूमा
माछा तथा समुद्री स्रोतहरूमा भिटामिन बी१२ प्रशस्त मात्रामा पाइन्छ।
यी माछाहरूले शरीरलाई आवश्यक बी१२ मात्राको राम्रो आपूर्ति गर्छन्।
२. मासु
जनावरको मासुमा भिटामिन बी१२ प्रशस्त हुन्छ, विशेष गरी भित्रि अङ्ग (जस्तै कलेजो) मा।
मासु नियमित रूपमा खाने व्यक्तिमा द्य१२ को कमी हुने सम्भावना कम हुन्छ।
३. अण्डा
अण्डाको पहेँलो भाग मा बी१२ हुन्छ।
हप्तामा ३–४ वटा अण्डा खाँदा आंशिक आवश्यकता पूरा गर्न सकिन्छ।
४. दुग्धजन्य पदार्थहरू
दूध, दही, घ्यू र चिज जस्ता दुग्धजन्य खाद्य पदार्थहरूमा बी१२ पाइन्छ।
शाकाहारी व्यक्तिका लागि यी महत्त्वपूर्ण स्रोत हुन्।
५. फोर्टिफाइड फूड्स
केही खानेकुरा उत्पादनहरूमा अतिरिक्त बी१२ मिलाइएको हुन्छ।
उदाहरणहरूः
फोर्टिफाइड ब्रेड
फोर्टिफाइड ब्रेकफास्ट सिरियल
सोया वा बदाम दूध
यी विशेषगरी शाकाहारी र भेगन व्यक्तिहरूका लागि उपयोगी छन्।
६. सप्लिमेन्ट्स (पूरक)
यदि खानाबाट पर्याप्त बी१२ पाइँदैन भने, डाक्टरको सल्लाहअनुसार बी१२ सप्लिमेन्ट (ट्याब्लेट, क्याप्सुल वा इंजेक्शन) प्रयोग गर्न सकिन्छ।
शाकाहारीहरूको लागि विशेष सुझाव
यदि तपाईं शुद्ध शाकाहारी हुनुहुन्छ भने, द्य१२ को प्राकृतिक स्रोतहरू सीमित हुन्छन्। त्यसैले,
फोर्टिफाइड खानेकुरा रोज्नुस्
बी१२ सप्लिमेन्ट नियमित सेवन गर्न डाक्टरसँग परामर्श लिनु उपयुक्त हुन्छ
भिटामिन बी१२ को कमी हुन नदिन के गर्ने?
सन्तुलित आहार लिनुहोस्ः मासु, माछा, अण्डा, दुध, दहीजस्ता भिटामिन बी१२ युक्त खाद्यपदार्थ सेवन गर्नुहोस्।
शाकाहारीहरूका लागिः फोर्टिफाइड ब्रेकफास्ट सिरियल, सोया दुध वा न्युट्रिशनल यीस्ट रोज्नुहोस्।
सप्लिमेन्ट सेवनः चिकित्सकको सल्लाहमा भिटामिन बी१२ सप्लिमेन्ट लिन सकिन्छ, विशेष गरी दीर्घकालीन शाकाहारीहरूले।
नियमित स्वास्थ्य परीक्षणः जोखिममा रहेका व्यक्तिले समय–समयमा रक्त परीक्षण गराएर भिटामिन बी१२ स्तरको निगरानी गर्नुपर्छ।
भिटामिन बी१२ को कमीको उपचार
मौखिक पूरक : हल्का कमीमा भिटामिन बी१२ ट्याब्लेट वा क्याप्सुलबाट उपचार थालिन्छ।
इन्जेक्सन : गम्भीर कमी वा अवशोषणमा समस्या भएकालाई मांसपेशीमा भिटामिन बी१२ इंजेक्सन दिइन्छ।
नाक स्प्रे वा जेलः पाचन समस्या भएका व्यक्तिका लागि विकल्पस्वरूप नाकमार्फत भिटामिन बी१२ दिन सकिन्छ।
भिटामिन बी१२ को कमी साधारण समस्या होइन। यसको असर शरीरको प्रत्येक अंगमा पर्न सक्छ र दीर्घकालीन समस्याहरू निम्त्याउन सक्छ। सही समयमा परीक्षण र उपचारले समस्या समाधान हुन्छ र पूर्ण रूपमा निको हुन सकिन्छ। त्यसैले लामो समयसम्म थकान, स्मरणशक्ति कमजोर, झमझमाहटजस्ता लक्षण देखिएमा तुरुन्तै चिकित्सकसँग परामर्श लिनु बुद्धिमानी हुन्छ।
आफ्नो आहार र जीवनशैलीमा ध्यान दिई भिटामिन बी१२ को स्तर सन्तुलित राखौं र स्वस्थ जीवन बिताऔं।