काठमाडौं - राष्ट्रिय चिकित्सक संघ विशेष कार्यविधि बनाएर नेपालले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको नियुक्ति गर्न सरकारसँग आग्रह गरेको छ।
संघले प्रेस विज्ञप्ति जारी गरी स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुको उपकुलपति नियुक्तिको प्रक्रियाको समान, स्पष्ट र पारदर्शी मापदण्ड बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालसँग आग्रह गरेको हो। सोही मापदण्ड अनुसार योग्य र कार्य सम्पादनमा अब्बल वरिष्ठ चिकित्सकहरुलाई नियुक्त गर्ने गरी कार्यविधि बनाई लागू गर्न संघको माग छ।
प्रतिष्ठानको उपकुलपति नियुक्ति गर्दा २०७८ सालको प्रयोग गरिएको मापदण्ड र हाल सूचना जारी गरिएको २०८२ को उपकुलपतिको योग्यता सम्बन्धी मापदण्ड फरक रहेको संघले जनाएको छ। साथै उपकुलपति नियुक्तिको प्रक्रियालाई रोक्ने उच्च अदालतले आदेशलाई पनि संघले सम्मान गरेको छ।