काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा विकास देवकोटाले सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमनका लागि तीनै तहका सरकार लाग्नुपर्ने बताएका छन्।
बागलुङमा आयोजित एक कार्यक्रममा सचिव देवकोटाले सुर्तीजन्य पदार्थ एक साइलेन्ट किलरका रुपमा रहेकाले यसको नियन्त्रण र नियमनका लागि तीनै तहका सरकार लाग्नुपर्ने बताएका हुन्।
विशेषगरी स्थानीय सरकार सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनका नीति नियमको प्रभावकारी कार्यान्वयनमा अग्रसरता देखाउनुपर्ने उनले बताए। नेपालमा सुर्तीजन्य पदार्थको प्रयोगका कारण लाग्ने रोगहरुबाट वर्षेनी ३९ हजारभन्दा बढी मानिसको मृत्यु हुने गरेको उनले जानकारी दिए।
सचिव देवकोटाले बागलुङका सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखा प्रमखु, प्रमुख जिल्ला अधिकारी लगायतसँग सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमनका लागि छलफल गरेका हुन्।