काठमाडौं - नेपाल मेडिकल काउन्सिलको निर्वाचनमा हालसम्म ६ हजार बढी मत खसेको छ। काउन्सिलका रजिस्ट्रार डा सतिस देवका अनुसार उपाध्यक्ष तथा अन्य सदस्य पदका लागि पौष ४ र ५ गते भएको निर्वाचनमा हालसम्म ६ हजार मत खसेको हो।
उनले भने ‘२ मतदान केन्द्र बाहेक काठमाडौं बाहिरको मतदान सकिएको छ। करिब ६ हजार माथि मत खसेको छ। आज साँझसम्म कुन ठाउँमा कति मत खस्यो भन्ने सार्वजनिक हुन्छ।’
प्राविधिक कारणले रोकिएको धनगढी तथा नेपालगन्जको निर्वाचन आज हुने उनले जानकारी दिए। २ केन्द्रमा गरी ५ ६ सय मत खस्ने अनुमान गरिएको उनले जानकारी दिए।
मतदानको समय ४ बजेबाट बढाएर ६ बजे बनाइएको छ। कार्यालय समय सकाएर पनि मतदान गर्न पाउने व्यवस्थाका लागि यसो गरिएको उनले बताए ।
१ उपाध्यक्ष तथा ८ सदस्यका लागि भएको नेपाल मेडिकल काउन्सिलको निर्वाचनका लागि २१ मतदान केन्द्र तोकिएको थियो। काठमाडौंमा निर्वाचन पुष ११ र १२ गतेका लागि तय गरिएको छ। निर्वाचनका लागि कुल २१ मतदान केन्द्र तोकिएको थियो।