काठमाडौं - काठमाडौं उपत्यका बाहिर भएको नेपाल मेडिकल काउन्सिलको निर्वाचनमा कुल ६ हजार ८४६ मत खसेको छ।
१ उपाध्यक्ष र ८ सदस्यका लागि पुस ४ र ५ गते भएको निर्वाचनमा ६ हजार ८४६ मत खसेको हो ।
काउन्सिलका रजिस्ट्रार डा सतिश देवले सबैभन्दा धेरै मत भरतपुर अस्पतालमा रहेको मतदान केन्द्रमा खसेको बताएका छन्। यो केन्द्रमा मात्रै ९६६ मत खसेको थियो।
काउन्सिलको निर्वाचनका लागि २१ मतदान केन्द्र तोकिएको थियो। काठमाडौंमा हुने निर्वाचनका लागि पुष ११ र १२ गते मिति तोकिएको छ।
कहाँ कति मत खस्यो ?
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान – ८००
हेटौंडा हस्पिटल – १३९
लहान हस्पिटल –१३०
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान – ५८१
गजेन्द्र नारायण सिंह अस्पताल, सप्तरी – ८७
मेची प्रादेशिक अस्पताल भद्रपुर,झापा – २७५
प्रादेशिक अस्पताल जनकपुर – ६१७
नारायणी हस्पिटल, वीरगन्ज – ४९१
कोशी हस्पिटल विराटनगर – ९२५
लुम्बिनी प्रादेशिक हस्पिटल, बुटवल – ४३२
भरतपुर हस्पिटल चितवन – ९६६
पाल्पा हस्पिटल तानसेन –११५
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही – १८८
कर्णाली प्रादेशिक अस्पताल – १२३
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला – ९२
भीम हस्पिटल, भैरहवा – २७१
धनगढी हस्पिटल – २९६
भेरी हस्पिटल नेपालगञ्ज – ३१८