एआईद्वारा निर्मित प्रतिकात्मक तस्विर
काठमाडौं - अत्यधिक चिसो बढेको भन्दै रौतहटको गौर नगरपालिकाले चार दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
चिसोले पठनपाठनमा असहज हुने र बालबालिकाको स्वास्थ्यमा प्रतिकुल असर गर्ने भन्दै नगरपालिकाले सबै सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको हो।
विद्यालयहरुमा आजदेखि ११ गते शुक्रबारसम्म वर्षे बिदाबाट कट्टा हुने गरी जाडो बिदा दिइएको नगरपालिकाले जनाएको छ।
यसअघि चिसो बढेको भन्दै वीरगञ्ज महानगरपालिकाले पनि त्यहाँ रहेका सबे विद्यालयहरुमा पठनपाठन बन्द गर्ने निर्णय गरेको थियो।