काठमाडौं - नेपाल दन्त चिकित्सक संघ पर्सा शाखाले रौतहट क्षेत्र नं १ का दिलिप यादव दन्त चिकित्सक नभएको स्पष्ट पारेको छ।
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चुनावी प्रतिस्पर्धामा रहेका रौतहट क्षेत्र नं १ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार यादव दन्त चिकित्सक नभएको संघले स्पष्ट पारेको हो।
संघले आधिकारिक रुपमा छानबिन गर्दा ती व्यक्तिको नाम नेपाल मेडिकल काउन्सिमा दर्ता नरहेको र दन्त चिकित्सा सम्बन्धी कुनै पनि शैक्षिक योग्यता नभएको जनाएको छ।
उनले आम नागरिक र मतदाता माझ भ्रमपूर्ण प्रचार गरी राजनीतिक लाभका लागि आफुलाई डाक्टर भनेर प्रचारप्रसार गर्नु गम्भीर अपराध भएको भन्दै संघले आपत्ति जनाएको छ।
यादवले कानुनको उल्लंघन गरेको भन्दै संघले उनी माथि तत्काल छानबीन गरी कानुनी कारबाही अघि बढाउन माग समेत गरेको छ। उनलाई कारबाहीका लागि संघले निर्वाचन आयोग र काउन्सिलमा समेत उजुरी गरिसकेको छ।
आफ्नो शैक्षिक योग्यता र पेशाका गरिएको भ्रामक प्रचार प्रसारले समाज र जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने संघले जनाएको छ।