काठमाडौं - राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आँखा र जेष्ठ नागरिक विषयमा फेलोसिप गर्ने व्यवस्था गरेको छ। प्रतिष्ठानले यसअघि सिनेट सभाबाट फेलोसिप सन्चालन गर्ने निर्णय गरेको थियो।
सिनेटको निर्णयपछि प्रतिष्ठानले संस्थागत रुपम प्रस्ताव सहितको कार्यक्रम पेश गरेपछि नेपाल मेडिकल काउन्सीलको पुस २३ र २४ गते बसेको पूर्ण बैठकले फेलोसिप सन्चालन गर्ने अनुमति दिएको प्रतिष्ठानले जनाएको छ।
स्नातकोत्तर तहको फेलोसिप कार्यक्रम सन्चालन हुने भएपछि शैक्षिक कार्यक्रम थप प्रभावकारी बन्ने प्रतिष्ठानको विश्वास छ। आँखा रोग विशेषज्ञ सह प्राध्यापक डा सुरेश रसाईली र जेष्ठ नागरिक रोग विशेषज्ञ प्राडा रमेश कडेलले फेलोसिप कार्यक्रम धेरै मेहनत र परिश्रमले प्राप्त भएको भन्दै शैक्षिक कार्यक्रममा यो कार्यक्रमले एउटा इट्टा थप गरेको बताए।
एमडी गरेका चिकित्सकले एक वर्षे फेलोसिप कार्यक्रममा सहभागी हुनेछन्। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रथम पटक फेलोशिप सन्चालन स्वीकृती नेपाल मेडिकल काउन्सिलले दिएको र स्नातकोत्तर तहका शैक्षिक कार्यक्रम र फेलोसिप कार्यक्रमहरू क्रमश वृद्धि गर्ने योजना रहेको प्रतिष्ठानले जनाएको छ।