काठमाडौं - नेपाल चिकित्सक संघले अनसनरत पाँच स्वास्थ्य संगठनको माग सम्बोधन गर्न सरकारसँग माग गरेको छ।
संघले प्रेस विज्ञप्ति जारी गरी स्वास्थ्यकर्मीहरुले उठाएका मागहरुप्रति सरकारले बेवास्ता गरेको भन्दै उचित सम्बोधन गर्न माग गरेको हो।
संगठनको संघर्ष समितिको तर्फबाट नेपाल सीएमए संघका केन्द्रीय उपाध्यक्ष गोपाल उपाध्यायको नेतृत्वमा सुरु भएको अनसनप्रति आफुहरुको गम्भीर ध्यानाकर्षण भएको संघले जनाएको छ।
स्वास्थ्यकर्मीहरुको अनसनको आज तेस्रो दिन हो। तेस्रो दिनसम्म पनि सरकारको तर्फबाट माग सम्बोधनका लागि कुनै पहल नभएको उनीहरुले बताएका छन्।