काठमाडौं - नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले फेक रेस्क्यु प्रकरणमा स्वाकन इन्टरनेशनल अस्पतालका संस्थापक निर्देशक एवं व्यवसायी जयराम रिमाललाई पक्राउ गरेको छ।
हिमाली क्षेत्रमा पदयात्राका लागि जाने पर्यटकहरुको फेक रेस्क्यु प्रकरणमा सिआईबीले आइतबार रिमाललाई पक्राउ गरेको हो। व्यवसायी रिमालको कम्पनी माउण्ड रेस्क्यु सर्विस प्रालिले १ हजार २८४ रेस्क्यु गरको छ। जसमध्ये १७१ शंकास्पद रेस्क्यु रहेको १ करोडभन्दा बढी अमेरिकी डलर बीमा दाबी गरेको सिआइबीले जनाएको छ। सेतो पुलमा रहेको उक्त अस्पतालका रिमाल प्रमुख लगानीकर्तामध्ये एक हुन्।
सीआईबीले रिमाल सहित विवेक पाण्डे, रविन्द्र अधिकारी, विवेकराज थपलिया, मुक्ति पाण्डे र सुभाष केसीलाई पक्राउ गरेको छ। उनीहरुमाथि राष्ट्रहित कसुरमा आपराधिक लाभको कसुर र संगठित अपराधमा र सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान जारी रहेको सिआइबीले जनाएको छ।