काठमाडौं - कलाकार सुनिल थापाको निधन भएको छ। उनको ६८ वर्षको उमेरमा निधन भएको हो।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बिहानकै नर्भिकको आकस्मिक कक्षमा लगिएको थियो।
बिहान ७ बजेर ४४ मिनेटमा मुटुको इसिजी गर्दा उनको मृत्यु भएको पाइएको अस्पतालले जनाएको छ। उनको कार्डियाक अरेस्टका कारण मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ।