काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा गौतमले कैलालीस्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटा मेडिकल कलेजलाई पूर्ण रुपमा सञ्चालनमा ल्याउन पहल गर्ने प्रतिवद्धता जनाएकी छिन्।
अस्पतालको निरीक्षण गर्ने क्रममा मन्त्री शर्माले स्वास्थ्य सेवाको गुणस्तरमा सुधार ल्याउँदै गेटा मेडिकल कलेजलाई पूर्ण रुपमा सञ्चालन ल्याउन आवश्यक पर्ने पूर्वाधार एवं कानुनी प्रक्रियाका लागि नेतृत्वदायी भूमिका खेल्ने प्रतिवद्धता जनाएकी हुन्। उनले सुदूरपश्चिम क्षेत्रको स्वास्थ्य सेवालाई भरपर्दो र जनमुखी बनाउन मन्त्रालयले आवश्यक बजेट तथा नीतिगत समन्वयमा पूर्ण सहयोग गर्ने आश्वासन दिइन्।
उनले आज नै सेती प्रादेशिक अस्पतालको पनि अनुगमन तथा निरीक्षण गरेकी छिन्। अनुगमनका क्रममा उनले सेती अस्पतालको स्तरोन्नति गरी आम नागरिकलाई सुलभ र प्रभावकारी स्वास्थ्य उपचार सुनिश्चित गर्न निर्देशन समेत दिएकी छिन्।