काठमाडौं - चितवनमा हालसम्म ८० प्रतिशत किशोरीले पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाएका छन्।
खोप अभियानको तेस्रो दिन माघ २७ गतेसम्म ८० प्रतिशत अर्थात् ५ हजार ४२४ किशोरीलाई एचपिभी खोप लगाइएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ।
भरतपुर महानगरपालिकामा २ हजार ६३३, रत्ननगर नगरपालिकामा ७९२, खैरहनीमा ५६७, राप्तीमा ६११, कालिकामा ४७४ र माडी नगरपालिकामा ३४७ जना किशोरीले खोप लगाएका छन्।
कुल ६ हजार ७६८ किशोरीलाई खोप लगाउने लक्ष्य रहेकोमा हालसम्म ५ हजार ४२४ किशोरीलाई खोप लगाइएको हो। चितवनमा कक्षामा ६ मा अध्ययनरत छात्रा ६ हजार ४१९, विद्यालय नजाने १० वर्ष उमेर १९२ र गत वर्ष छुटेका १५७ जना गरी ६ हजार ७६८ जना किशोरी रहेको कार्यालयले जनाएको छ।