काठमाडौं - चितवनमा हालसम्म ९१ प्रतिशत किशोरीले पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाएका छन्।
खोप अभियानको चौथो दिनसम्म यहाँ ९१ प्रतिशत अर्थात् ६ हजार १३० किशोरीले एचपिभी खोप लगाएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ।
भरतपुर महानगरपालिकामा ३ हजार ९७, रत्ननगर नगरपालिकामा ८३१, खैरहनीमा ५७३, राप्तीमा ६११, कालिकामा ४८१, माडी नगरपालिकामा ३४७ र इच्छाकामना गाउँपालिकामा १९० किशोरीले खोप लगाएका छन्।
चितवनमा यस वर्ष ६ हजार ७६८ किशोरीलाई खोप लगाउने लक्ष्य थियो।