काठमाडौं - औषधि व्यवस्था विभागले क्युरेक्स फर्मास्युटिकल्स प्रालि काभ्रेले उत्पादन गरेको इन्क्लेभ ओडी औषधि बजारबाट तत्काल फिर्ता लैजान निर्देशन दिएको छ।
विभागले एक सूचना जारी गरी क्युरेक्स उत्पादन गरेको टीइओडी–०२६ ब्याच नम्बरको इन्क्लेभ ओडी न्यून गुणस्तरको भएको भन्दै बजारबाट तत्काल फिर्ता लैजान निर्देशन दिएको हो।
विभागले बजार अनुगमनको क्रममा संकलन गरिएका औषधिको नमुना राष्ट्रिय औषधि प्रयोगशालाबाट परीक्षण गरेको थियो।
परीक्षणका क्रममा उक्त ब्याच नम्बरको औषधि न्यून गुणस्तर भएको पाइएकाले औषधि ऐन २०३५ को दफा १४ बमोजिम बिक्रि वितरण रोक्का गरी बजारमा फिर्ता लैजान भनिएको छ। साथै उक्त औषधिको सिफारिस, बिक्रि वितरण तथा प्रयोग नगर्न विभागले सबैमा आग्रह गरेको छ।