गर्भवती महिलाको तनावपूर्ण जीवनशैलीले गर्भमा रहेको बच्चामा गम्भीर असर पार्ने गाइनोकोलोजिस्ट प्राडा गणेश दंगाल बताउँछन्। उच्च तनावले समयभन्दा अगाडि प्रसव, कम तौलको बच्चा जन्मने, कमजोर प्रतिरक्षा प्रणाली र बच्चाको विकासमा ढिलाइ जस्ता समस्याहरू निम्त्याउन सक्छ, जसको असर दीर्घकालसम्म रहन सक्छ।
बच्चामा पर्ने मुख्य असरहरू:
स्वास्थ्य समस्या: तनावग्रस्त आमाबाट जन्मेका शिशुहरूमा पहिलो वर्षमा स्वास्थ्य समस्या बढी देखिन सक्छ।
कमजोर प्रतिरक्षा: शिशुको रोगसँग लड्ने क्षमता कमजोर हुन सक्छ।
विकासमा असर: बच्चाको मस्तिष्क विकास र मानसिक स्वास्थ्यमा असर पर्न सक्छ।
दीर्घकालीन असर: तनावको असर वयस्क अवस्थासम्मै रहन सक्ने र तनाव व्यवस्थापनमा कठिनाइ हुने सम्भावना हुन्छ।
तनाव कम गर्ने उपायहरू:
योगा, ध्यान र हल्का व्यायाम गर्नुहोस्।
स्वस्थकर खाना र पर्याप्त सुत्ने गर्नुहोस्।
परिवार र साथीभाइसँग कुरा गर्नुहोस् वा आवश्यक परे चिकित्सकसँग सल्लाह लिनुहोस्।
गर्भावस्थामा आमाको मानसिक र शारीरिक स्वास्थ्य स्वस्थ्य हुनु आवश्यक छ, किनकि आमा खुसी भए मात्र गर्भको बच्चा स्वस्थ्य रहन्छ।